+
+
Shares

स्वेता दिदीको बिहेको खबर सुन्दा मनदेखि नै खुशी भएँः आँचल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २ गते १३:०२

नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले गतबर्षको फागुणमा बिहे गरे । बिहे गरेपछि लकडाउन भयो । यसकारण पनि उनीहरुले त्यसपछि कुनै पनि बिहे समारोहमा सहभागी हुने अवसर पाएनन् ।

उनै, उदिप र आँचल बिहिबार बेलुकी नायिका स्वेता खड्काले आयोजना गरेको बिहे पार्टीमा सहभागी हुन पुगे । बिहे पार्टीमा सहभागी हुनका लागि तयारी गर्दै गर्दा आफूलाई आफ्नै बिहेमा सहभागी हुन लागेको जस्तो महशुश भएको आँचलले बताइन् ।

यता, उदिपले भने नायिकासँग बिहे गरेपछि घरमा पनि नायिका नै महशुश नहुने सुनाए । उनले भने–‘चलचित्रमा मात्र रहेछ नायिका भन्ने त । घरमा त श्रीमती नै हुने रहेछ ।’ आँचल शर्माले बिहेपछि सारी लगाउन सिकिरहेकी छिन् । बुहारी भएपछि सारीप्रति अझै मोह बढेको उनको तर्क थियो ।

नायिका स्वेता खड्काले बिहे गर्न लागेको खबर सुन्दा आफू खुशी भएको आँचलले बताइन् । आँचलले भनिन्–‘म मनदेखि नै निकै खुशी भएकी थिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?