Comments Add Comment

युगाण्डाको निर्वाचनमा राष्ट्रपति मुसेभेनीलाई सुरुवाती अग्रता

२ माघ, काठमाडौं । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राष्ट्रपतीय निर्वाचनमा सुरुवाती अग्रता लिएका छन् । शुक्रबार युगाण्डाको निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा मुसेभेनीले अग्रता लिएका हुन् । यद्यपि उनका प्रमुख प्रतिस्पर्धीले भने आफूसँग राष्ट्रपतिले निर्वाचनमा धाँधली गरेको प्रमाण रहेको बताएका छन् ।

बिहीबार भएको निर्वाचनमा खसेकोमध्ये २९.४ प्रतिशत मतगणना सकिँदा मुसेभेनीले ६३.९ प्रतिशत भोट पाएका छन् । विपक्षी उम्मेदवार बोबी वाइनले भने आफूले शुक्रबारको निर्वाचनमा भएको धाँधलीको भिडियो खिचेको र आफू शान्तिपूर्ण नतिजा आओस् भन्ने पर्खाइमा रहेको बताएका छन् । उनले राष्ट्रव्यापीरुपमा धाँधली र हिंसा भए पनि जित आफ्नो हुने विश्वास लिएका छन् ।

मुसेभेनीले पछिल्लो ३४ वर्षदेखि मुलुकमा नेतृत्व गर्दै आएका छन् । यद्यपि बिहीबारको निर्वाचनको नतिजाबारे भने उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । बुधबार सरकारले इन्टरनेटमा अर्को व्यवस्था नभएसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यसअघि सरकारले सामाजिक सञ्जाल तथा म्यासेजिङ एपमा पनि प्रतिबन्धको निर्णय गरेको थियो ।

बिहीबार भएको निर्वाचनमा पनि विपक्षी उम्मेदवार र विपक्षी समर्थकहरुमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment