Comments Add Comment

मार्को रिउसले पेनाल्टी चुकाउँदा डर्टमण्ड बराबरीमा रोकियो

काठमाडौं । कप्तान मार्को रिउसले दोस्रो हाफमा प्राप्त पेनाल्टी चुकाउँदा बोरुसिया डर्टमण्ड जर्मन बुण्डेसलिगामा माइन्जसंग बराबरीमा रोकिएको छ ।

शनिवार भएको खेलमा डर्टमण्डले माइन्जसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा खेलको दोस्रो मिनेटमै एर्ली हालान्डले गोल गरे पनि भिएआर रेफ्रीले त्यसलाई मान्यता नदिँदा डर्टमण्डले अग्रता लिने अवसर गुमायो ।

त्यसपछि पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन । ५७औं मिनेटमा लेभिन मेट ओजटुनालीले गोल गर्द माइन्जलाई पहिले अग्रता दिलाए । तर, ७३औं मिनेटमा थोमस मुनिएरले डर्टमण्डका लागि बराबरी गोल फर्काए ।

७६औं मिनेटमा डर्टमण्डले पनाल्टी पायो । तर कप्तान रिउसको प्रहार पोष्ट भन्दा बाहिर गयो । रिउसको पेनाल्टी प्रहार गोल नहुँदा डर्टमण्डले ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लने अवसर गुमायो ।

रिउसले पहिलो हाफमा गोल गर्ने अवसर गुमाएको र दोस्रो हाफमा पेनाल्टी गुमाएको भन्दै टिमसंग माफी मागेका छन् ।

१६ खेलबाट २९ अंक रहेको डर्टमण्ड बाभर लेभरकुजनसंग गोलअन्तरमा पछि पर्दै चौथो स्थानमै यथावत छ । तेस्रो स्थानको लेभरकुजन भने युनियन बर्लिनसँग १-० ले पराजित भयो ।

घरेलु मैदान युनियल बर्लिनलाई जिताउन सेड्रिक टुचेटले खेल सकिन २ मिनेट बाँकी छा निर्णायक गोल गरेका थिए । जितपछि युनियल १६ खेलबाट २८ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।

यस्तै दोस्रो स्थानको बरबी लाइपजिग पनि वल्फ्सवर्गसँग २-२ को बराबरीमा रोकिएको छ । लाइपजिगका लागि नोर्दी मुकीले र विलि ओब्रानले गोल गरे । वल्फ्सवरगका लागि वाउट वेघोस्ट र रेनाटो स्टेफेले गोल गरे ।

बराबरीमा रोकिएपछि लाइपजिगले लिग लिडर बार्यन म्युनिखलाई पछि पार्ने अवसरसमेत गुमाएको छ । ३२ अंक जोडेको लाइपजिग दोस्रो स्थानमै यथावत छ भने एक खेल कम खेलेको बायर्न ३३ अंकसहित शीर्ष स्थानमा छ ।

लाइपजिग, लेभरकुजन र डर्टमण्डको नतिजाले बायर्नलाई धेरै फाइदा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment