Comments Add Comment

अब युट्युबबाटै किनमेल, गुगलले सुरु गर्‍यो नयाँ फिचर

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबबाट दर्शकले सिधै शपिङ गर्न सक्ने गरी नयाँ फिचरको परीक्षण सुरु गरेको छ ।

युट्युबले आफ्नो सपोर्ट पेजमा भनेको छ, ‘युट्युब भिडियोमा देखाइएका सामानहरु सिधै त्यहीँ खोज्ने र त्यहीँबाटै शपिङ गर्न सकिने गरी हामीले नयाँ विधिको परीक्षण गरिरहेका छौँ ।’

युट्युबका अनुसार यस पाइलट प्रोजेक्टमा सहभागी हुने युट्युब सर्जकहरुले आफ्ना भिडियोमा विभिन्न प्रडक्ट समावेश गर्न सक्नेछन् । ती भिडियोहरुमा पिँधको बायाँ कुनामा शपिङ ब्याग आइकन हुनेछ र त्यसमा क्लिक गरिसकेपछि प्रयोगकर्ताहरुले प्रडक्टहरुको सूचि हेर्न पाउनेछन् । त्यहाँबाट सम्बन्धित प्रडक्टको पेजमै पुगेर प्रयोगकर्ताले थप जानकारी पढ्न, सम्बन्धित भिडियोहरु हेर्न तथा सामान खरीद गर्न सक्नेछन् ।

युट्युबका अनुसार तत्कालका लागि यो फिचर अमेरिकाका आइओएस, एन्ड्रोइड तथा डेस्कटप प्रयोगकर्ता युट्युब क्रिएटर्सका लागि मात्र उपलब्ध हुनेछ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment