+
+

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, वाणिज्य बैंकहरूको मात्रै डेढ अर्बकाे काराेबार

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ४ गते १५:४८

४ माघ, काठमाडौं । माघ महिनाको पहिलो कारोबार दिन आइतबार सेयर बजार हरियाली देखिएको छ । जलविद्यतु् बाहेकका सबै समूह बढेर हरियाली छाएका छन् भने सेयर कारोबरा मापक नेप्से परिसूचक २८.४६ अंकले उकालो लागेको छ ।

दिनभर भएका ५० हजार ६ सय ७ कारोबारबाट २०८ कम्पनीका १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् । जसमा ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७ सय ८२ रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा कारोबार हुने मध्ये जलविद्युत समूह ७.२ अंकले ओरालो लागेको छ । अन्य समूह भने सबै बढेका छन् । बैंकिङ १ अंक मात्रैले बढ्दाखेरी व्यापार समूह भने सबै भन्दा धेरै बढेको छ । व्यापार समूहको परिसूचक ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

वाणिज्य बैंकको कारोबार चम्कियो

आइतबार कारोबार संख्या तथा कारोबार रकमका आधारमा समेत वाणिज्य बैंकहरु नै देखिएका छन् । वाणिज्य बैंकहरुकोमात्रै १३ हजार २५ कारोबारबाट ३८ लाख ४५ हजार ७ सय २८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम एक अर्ब ५१ करोड ५० लाख ८३ हजार ७ सय पुगेको छ ।

दोस्रोमा भने फाइनान्स कम्पनी देखिएको छ । फाइनान्स कम्पनीको २ हजार ५ सय ९९ कारोबारबाट ८ लाख १० हजार ५ सय १६ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने १९ करोड २२ लाख रुपैयाँ भन्दा धेरै भएको छ । यद्यपि, बैंक उपसमूह ०.०१ प्रतिशतले मात्रै उकालो लागेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?