
४ माघ, कैलाली । आगामी चैत्र ६ गते धनगढीमा सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले स्पोर्टस अवार्डको मिति घोषणा गरेको हो ।
२०७६ मा उच्च प्रदर्शन गरेका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाले जानकारी दिए।
गत वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला,उत्कृष्ट प्रशिक्षक,वर्ष युवा खेलाडी,स्पेसल अवार्ड,लाइफ टाइम एचिभमेन्ट अवार्ड दिने छ ।
यस वर्ष पिपल्स च्वाइस र सुदूरपश्चिम आइकन महिला र पुरुष विधा थप गरिएको अध्यक्ष ओझाले जानकारी दिए ।
उत्कृष्ट खेलाडी पुरुष र महिला,उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड विजेतालाई नगद ३० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी,स्पेसल अवार्ड,लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिइने जनाइएको छ ।
यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
गत वर्ष पुस १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड आयोजना भएको थियो । यस वर्ष कोरोना सङ्क्रमणका कारण निर्धारित अवार्ड ढिलो हुन लागेको हो ।
प्रतिक्रिया 4