+

फियोरेन्टिनालाई ६ गोलले हराउँदै नापोली तेस्रो स्थानमा

२०७७ माघ  ५ गते ८:२७ २०७७ माघ ५ गते ८:२७
फियोरेन्टिनालाई ६ गोलले हराउँदै नापोली तेस्रो स्थानमा

५ माघ, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत आइतबार भएको खेलमा नापोलीले फियोरेन्टिनालाई ६-० ले पराजित गरेको छ । घरेलु मैदानमा फराकिलो जितपछि नापोली अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा भएको खेलमा नापोलीका लागि लरेन्जो इनसिग्नेले दुई गोल गरे भने डिएगो सिमिओनी हिर्भिङ लोजानो पिओर जिलेन्स्की र माटेओ पोलिटानोले एक-एक गोल गरे ।

पहिलो हाफमै चार गोल गरेको नापोलीले दोस्रो हाफमा दुई गोल थपेको हो ।

खेलको पाँचौ मिनेटमै इनसिग्नेले गोल गर्दै अग्रता दिलाएका थिए । सिमिओनीले ३६औं, लोजानोले ३८औं र जिलेन्स्कीले ४५औं मिनेटमा गोल गरेपछि नापोलीले पहिलो हाफमा ४-० को अग्रता बनायो । इनसिग्नेले ७२औं मिनेटमा पेनाल्टीमा गोल गरे भने ८९औं मिनेटमा पोलिटानोले टिमको लागि छैटौं गोल गरे ।

जितपछि १७ खेलबाट ३४ अंक जोड्दै नापोली तेस्रो स्थानमा उक्लेको हो । समान अंक भए पनि नापोलीले रोमालाई गोल अन्तरमा पछि पारेको छ । रोमाले १८ खेल खेल्दै ३४ अंक जोडेको छ ।

इटालियन सिरी ए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय