Comments Add Comment

व्यवसायीलाई धम्क्याएर २५ लाख माग्ने किशोरहरुको समूह समातियो

५ माघ, काठमाडौं । धम्की र रकम असुलीमा प्रवेश गर्ने प्रयासमा रहेको किशोरहरुको समूहलाई अपराध महाशाखाले समातेको छ ।

प्रहरी मुठभेडमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को जस्तै आफूहरुको समूह रहेको दाबी गर्दै २५ लाख माग्ने टोली पक्राउ परेको हो ।

महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेमा दोलखा घर भइ असन बस्दै आएका १९ वर्षीय प्रदीप कार्की, सुरज भण्डारी र दोलखा घर भइ काँडाघारी बस्दै आएका २१ वर्षीय किरण कार्की छन् ।

उनीहरुलाई आइतबार बागबजार मोडल हस्पिटल अगाडिबाट पक्राउ गरी धम्की दिने कार्यमा प्रयोग गरिएका मोबाइल र सीम कार्डहरु पनि प्रहरीले बरामद गरेको छ । उजुरीकर्ताका अनुसार उनीहरुले रकम नदिए ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको महाशाखाका प्रमुख एसएसपी दिपक थापा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment