Comments Add Comment

के हाम्रो खानपानले जलवायु परिवर्तनमा असर गरिरहेको छ ?

एक वैज्ञानिक अध्ययनबाट के पाइएको छ भने आफ्नो आसपासको पर्यावरणमा ग्रीनहाउस ग्यासको उत्सर्जन कम गर्नका लागि सबैभन्दा प्रभावकारी उपाय मासु वा दुधजन्य उत्पादनको खपत कम गर्नु हो ।

गोरु, भैसीको मासु वा कुखुराको मासु खानाले वातावरणमा कति गंभिर असर पर्छ ?

के एक कचौरा चामल वा चामलले बनेको परिकार खानुभन्दा एक प्लेट आलु चिप्स खानु पर्यावरणका लागि हितमा छ ? के वियरको तुलनामा आइस वातावरणका लागि सही छनौट हो ?

अक्सफोर्ड विश्वविद्यालयको एक शोध अनुसार वातावरणमा जुन ग्रीनहाउस हुन्छ, त्यसको चौथाई खाद्य उत्पादनबाट आउँछ । र, ग्लोबल वार्मिङमा यसको ठूलो योगदान छ । हालै सोधकर्ताले अलग–अलग खाद्यपदार्थबाट वातावरणमा कुन किसिमको असर पर्छ भन्ने पनि खोज गरेका छन् ।

उक्त शोध अनुसार खाद्य पदार्थबाट हुने ग्रीनहाउस ग्यास उत्सर्जनमा करिब आधा हिस्सा मासु वा अन्य किसिमको मांसाहारी खाद्य परिकारको कारण हो । शोधमा जति खाद्य पदार्थको विश्लेषण गरियो, तयसमा बिफ र भेडाको मासु वातावरणका लागि सबैभन्दा हानिकारक पाइयो ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ता जोसेफ पूर र स्विट्जरल्यान्डका एग्रोइकोलोजी एन्ड इनभाइरोमेन्ट रिसर्च डिभिजन ज्यूरिखको चामस नेमसेकले विश्वका अलग अलग स्थानमा रुचाइएको खाद्य पदार्थ एकत्रित गरे ।

त्यसमध्येबाट ४० प्रकारका मूख्य खाद्य पदार्थ छनौट गरियो । उक्त खाद्य पदर्थले वतावरणमा कस्तो असर पार्छ भनेर जाँच गरियो । उनीहरुले पृथ्वीको वातावरणमा तापमान बढाउने वा जलवायु परिवर्तनमा सहायक ग्रीन हाउस ग्यासमाथि यी खाद्य पदार्थको असरबारे अध्ययन गरियो । साथै के पनि जानकारी लिइयो भने, यी खाद्यन्न उत्पादका लागि कुल कति जमिन र पानीको प्रयोग गरिएको छ ?

उनीहरुले यसका लागि ४० हजार फार्म र १ हजार ६ सय खाद्य उत्पादन केन्द्र, खाद्य पदार्थको प्याकेजिङको बारेमा एकमुष्ठ विश्लेषण गरे । ति खाद्य पदार्थ उत्पादनको तरिका र जलवायुको असर पृथ्वीमा कस्तो छ भनेर पनि उनीहरुले अध्ययन गरे ।

जलवायु परिवर्तनले विश्वलाई थर्कमान बनाइरहेको अवस्थामा हामीले यसका लागि केही गर्न जरुरी छ ? पक्कै छ । हामी आफैले पनि बढ्दो जलवायु परिवर्तन रोक्नका लागि आफ्नो तर्फबाट काम गर्न सक्छौं ।

जस्तो कि, हामी बोट–बिरुवा लगाउन सक्छौं । आफ्नो जग्गा जमिन नभएपनि खुला वा सार्वजनिक स्थानमा बोट बिरुवा लगाउन सकिन्छ । प्लाष्टिकजन्य फोहोर मैलाको उचित व्यवस्थापन गर्न सकिन्छ । विद्युतिय उपकरणको प्रयोगमा नियन्त्रण गर्न सकिन्छ । कागजको दुरुपयोग गर्नबाट बच्न सकिन्छ । भलै यी सामान्य कुरा हुन् । तर, विश्वव्यापी रुपमा संकट ल्याउने जलवायु परिवर्तनलाई रोक्नका लागि हामी हरेकको यस्तै स–सना प्रयास जरुरी हुन्छ ।

बिबिसीबाट भावनुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment