+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आईपीओ ल्याउने प्रक्रियामा पिपुल्स हाइड्रोपावर, बिक्री प्रवन्धकमा सानिमा क्यापिटल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ६ गते २१:४२

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपिओ ल्याउने प्रक्रिया सुरु गरेको छ। कम्पनीले आइपिओ निष्काशनका लागि बिक्री प्रवन्धकका रुपमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।

सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले बिक्री प्रवन्धकको जिम्मा लिने÷दिनेबारे सम्झौता गरेका छन्।

कम्पनीले लमजुङ्ग जिल्लामा सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’ निर्माण गरिरहेको छ।

५४ मेगावाट क्षमताको सो आयोजनामा लगानी गर्न आवश्यक स्वपुँजी समेत गरी जारी पुँजी २ अर्ब ७५ करोडमध्ये ८२ करोड ५० लाख रुपैयाँको सेयर जारी गर्नेछ।

अर्थात अंकित मूल्य १ सयका दरले ८२ लाख ५० हजार कित्ता सेयर जारी हुनेछ।

यो सेयर आयोजना प्रभावित स्थानियवासी तथा सर्वसाधारणमा निष्काशन हुने सानिमा क्यापिटलले जनाएको छ।

लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिका (तत्कालीन ढोडेनी/फलेनी गा.वि.स.) मा बग्ने दोर्दीखोलाको पानी प्रयोग गरी कम्पनीले जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

आयोजनाको करिब ७० प्रतिशत काम सम्पन्न भएको कम्पनीको दावी छ। आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने कम्पनीको लक्ष्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?