७ माघ, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करण सुरु हुनुअघि १० खेलाडी रिलिज गरेको छ । आरोन फिन्च, क्रिस मोरिसजस्ता नाम चलेका खेलाडीसहित १० खेलाडीलाई मिनि अक्सनअघि रिलिज गरेको हो ।
अष्ट्रेलियन विकेटकिपर ब्याट्सम्यान जोस पिलिपे र लेगस्पिनर एडम जाम्पालाई रिटेन गरेको बैंगलोरले फिन्च, मोरिससहित मोइन अली, अलराउण्डर शिवम दुवे, इसुरु उदाना, उमेश यादव, गुरकृतसिंह मान र पवन नेगीलाई रिलिज गरेको छ ।
दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनले आफू आईपीएलमा उपलब्ध नहुने बताइसकेका छन् भने विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले सन्यास लिइसकेकोले टिममा उपलब्ध हुने छैनन् ।
बैंगलोरले १० खेलाडी रिलिज गर्दा १२ खेलाडीलाई भने नयाँ सिनजका लागि रिटेन गरेको छ । जसमा भारतीय टोलीका कप्तानसमेत रहेका विराट कोहलीसहित दक्षिण अफ्रिकी एबी डि भिलियर्ससम्म छन् ।
बेंगलोरले अनुबन्ध गरेका खेलाडी
विराट कोहली, एबी डि भिलियर्स, युजभेन्द्र चहल, देवदत्त पाडिक्कल, वासिङ्टन सुन्दर, मोहम्मद सिराज, नवदीप सैनी, एडम जाम्पा, शहवाज नदिम, जोस फिलिपे, केन रिचर्डसन, पवन देशपान्डे ।
बैंगलोरले रिलिज गरेका खेलाडी
मोइन अली, शिवम दुबे, गुरकृतसिंह मान, आरोन फिन्च, क्रिस मोरिस, पवन नेगी, पार्थिव पटेल, डेल स्टेन, इसुरु उडाना, उमेश यादव ।
प्रतिक्रिया 4