Comments Add Comment

‘हामी नेपाली’को सदभावना दूतमा राजा घले

डिसी । विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैरमुनाफा संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।

नेपाली डायस्पोरास्थित समुदायको विकासमा सक्रिय रहेकाले राजा घलेलाई सम्मान स्वरुप राजदूतको पदमा मनोनित गरेको संस्थाका अध्यक्ष अमृत लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

राजा घले नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका (नासा) का प्रथम अध्यक्ष, एसियन प्यासिफिक अमेरिकन काउन्सिलका महासचिव प्रथम निर्वाचित नेपाली, अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रबाट एनआरएन आईसीसीमा निर्वाचित हुने प्रथम व्यक्ति र अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपालका सदभावना दूत समेत हुन् । यस्तै दर्जनौ संघ संस्थामा उनी क्रियाशील छन् ।

अमेरिकाको इतिहासमा सबैभन्दा वृद्धा ७८ वर्षीय जो बाइडेन ४६ औँ अमेरिकी राष्ट्रपति र प्रथम महिला कमला ह्यारिस उपराष्ट्रपतिले सपथग्रहण गरेकै दिन ‘हामी नेपाली ग्लोबल’ को सदभावना दूत बन्न पाउँदा गर्व र खुसी लागेको प्रतिक्रिया राजा घलेले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment