Comments Add Comment

लेखा समूहका कर्मचारीले वेवसाइटबाटै सरुवा आवदेन दिन सक्ने

८ माघ, काठमाडौं । महालेखा नियन्त्रक कार्यालय अन्तर्गत लेखा समूहका कर्मचारीले अब सरुवा आवेदन दिन कार्यालयमै धाउनु नपर्ने भएको छ । कार्यालयले आफ्नो वेवसाइटको स्तरोन्नती गर्दै सरुवा आवेदन वेवसाइटबाटै दिन सकिने व्यवस्था मिलाएको हो । सहमहालेखा नियन्त्रक तथा कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार लेखा समूहका कर्मचारीले सरुवा हुन चाहेमा वेवसाइटमा राखिएको सरुवा आवेदन आइकनमा क्लिक गरी सरुवा सम्बन्धि निवेदन दिन सक्ने भएका छन् ।

उक्त निवेदन कर्मचारी प्रशासन अन्तर्गत रहेको प्रणालीसँग प्रत्यक्ष रुपमा जोडिने व्यवस्था मिलाइएको छ । यसबाट देशभरका लेखा कर्मचारीले सरुवाको निवेदन बोकेर काठमाडौं धाइरहनु पर्ने बाध्यता हटेको हो । महालेखाले बुधबार मात्र नयाँ वेवसाइटमा सार्वजनिक गरेको हो । नयाँ वेवसाइटमा सरकारको प्राप्ति र बजेट खर्चलाई पाइचार्टमा समेत देखाउने व्यवस्था मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment