७ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलोनी तामाङको जोडी केन्यामा भइरहेको जे फोर आईटीएफ टेनिस प्रतियोगिताको गर्ल्स डबल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको डबल्सतर्फको खेलमा फ्रान्सका लाउरा गाल्डेनो र लाउना जोपाको जोडीलाई पराजित गर्दै प्रेरणा र सलोनीको जोडी सेमिफाइनलमा पुगेका हुन् ।
प्रेरणा र सलोनीको जोडी ६-३, ६-२ ले विजयी भएका हुन् ।
पहिलो चरणमा बाई पाएका नेपाली जोडीले बुधबार भएको डबल्सतर्फको खेलमा केन्याका रोसलिडा असुम्वा र रसियाका तामारा एर्माकोभाको जोडीलाई ६-३, ६-४ ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेका थिए ।
यसअघि सिंगल्सतर्फ भने प्रेरणा दोस्रो चरण र सलोनी पहिलो चरणमै पराजित हुँदै बाहिरिसकेका छन् ।
प्रतिक्रिया 4