+
+

पीएम कप क्रिकेट : कर्णालीलाई एपीएफको २१९ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १० गते १३:१२

१० माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत टीयू मैदानमा भइरहेको खेलमा एपीएफले कर्णाली प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ ।

समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विभागीय टोली एपीएफले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको हो ।

एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाए । उनले ७६ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे ।

यस्तै अमरसिंह राउटेलाले ३१, सुबास खकुरेलले २३, शंकर राना र भुवन कार्कीले समान १५, बसन्त रेग्मीले १४ र सुमी महर्जनले १० रन बनाए । कमल सिंह ऐरी ९ रन बनाएर आउट भए भने ओपनर रित गौतमले लगातार दोस्रो खेलमा खाता खोल्न सकेनन् । किशोर महतोले अविजित रहँदै १३ रन बनाए ।

बलिङमा कर्णालीका कप्तान रवीन्द्र शाही र अनुज चुनाराले ३-३ विकेट लिए । यस्तै दिबन पुन र राज शाहले समान २ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?