Comments Add Comment

पीएम कप : लुम्बिनीलाई बागमतीले दियो २२१ रनको लक्ष्य

११ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी मा रहेका बागमती प्रदेश र लुम्बिनी प्रदेश बीचको खेल अहिले मुलपानी क्रिकेट मैदानमा भइरहेको छ ।

खेलमा बागमतीले लुम्बिनीलाई जितका लागि २२१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २२० रन बनाएको हो ।

बागमतीका लागि ओपनर आदिल खान र इशान पाण्डेले अर्धशतक प्रहार गरे । ओपनर आदिलले ८७ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ५५ रन बनाए । इशानले ५३ लब खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५१ रन बनाए ।

यस्तै आकाश थापाले ३९ र पृथु बास्कोटाले २९ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल १४ रन बनाएर बउट भए । नन्द यादव ११ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि आदिल र आकाश थापाले ६३ रनको साझेदारी गरेका थिए । तर लुम्बिनीका दिपेन्द्र रावतले आदिल र बिभ्तसु थापालाई २०औं ओभरमा आउट गरेपछि बागमतीले दुई विकेट गुमायो ।

आकाशले ३९ रन बनाए । त्यसपछि आदिल पनि ३२औं ओभरमा आउट भए । यसअघि लगातार दुई अर्धशतक प्रहार गरेका पृथु बास्कोटा पनि २९ रन बनाएर आउट भए । कप्तान ज्ञानेन्द्र मल्ले १४ रन बनाए । विपिन आचार्य शून्य, गौतम केसी ८ र रामनरेश गिरी ३ रन बनाएर आउट भए ।

बलिङमा लुम्बिनीका दिपेन्द्र रावतले ३ तथा कृष्ण कार्की र सन्दिप सुनारले २ विकेट लिए । विक्रम भुषाल र अनिल खरेलले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment