+
+
Shares

फेब्रुअरीमा एस्ट्राजेनेकाको ३० लाख डोज खोप आइपुग्ने जर्मनीको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १४:२०

११ माघ, काठमाडौं । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले फेब्रुअरीमा ३० लाख डोज कोरोना खोप आफ्नो मुलुकलाई उपलब्ध गराउने विश्वास जर्मनीले लिएको छ । पछिल्लो समय कम्पनीले खोप उत्पादनमा केही समस्या भोगिरहेको भए पनि समयमा नै खोप आउने जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले बताए ।

एस्ट्राजेनेकाले युरोपेली संघ (ईयू)का अधिकारीहरुलाई गत शुक्रबार उत्पादनमा देखिएको समस्याको कारण ईयूलाई पहिलो त्रैमासमा दिइने खोपको डेलिभरी ६० प्रतिशतसम्म कटौती गर्न सक्ने बताएको थियो । कम्पनीले ईयूलाई समग्रमा तीन करोड १० लाख डोज कोरोना खोप मात्र दिन सकिने बताएको थियो ।

एस्ट्राजेनेकाको उत्पादनमा समस्या देखिनु ईयूको कोरोना खोप कार्यक्रमको लागि अर्को धक्का हो । यसअघि फाइजर र बायोएनटेकले पनि ईयूलाई दिँदै आएको कोरोना खोपको आपूर्ति घटाउने निर्णय गरेको थियो । उत्पादन बढाउनको लागि यो निर्णय आवश्यक रहेको कम्पनीको भनाइ थियो ।

जर्मनीका स्वास्थ्यमन्त्रीले जर्मनीले एस्ट्राजेनेकाको खोपलाई पनि अनुमति पाउनु खुसीको कुरा भएको बताए । अहिले विश्वका धेरै मुलुकहरु छिटोभन्दा धेरै अधिकांश मानिसहरुलाई खोप पु¥याउने दौडमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?