+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

फेब्रुअरीमा एस्ट्राजेनेकाको ३० लाख डोज खोप आइपुग्ने जर्मनीको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १४:२०

११ माघ, काठमाडौं । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले फेब्रुअरीमा ३० लाख डोज कोरोना खोप आफ्नो मुलुकलाई उपलब्ध गराउने विश्वास जर्मनीले लिएको छ । पछिल्लो समय कम्पनीले खोप उत्पादनमा केही समस्या भोगिरहेको भए पनि समयमा नै खोप आउने जर्मनीका स्वास्थ्य मन्त्री जेन्स स्पानले बताए ।

एस्ट्राजेनेकाले युरोपेली संघ (ईयू)का अधिकारीहरुलाई गत शुक्रबार उत्पादनमा देखिएको समस्याको कारण ईयूलाई पहिलो त्रैमासमा दिइने खोपको डेलिभरी ६० प्रतिशतसम्म कटौती गर्न सक्ने बताएको थियो । कम्पनीले ईयूलाई समग्रमा तीन करोड १० लाख डोज कोरोना खोप मात्र दिन सकिने बताएको थियो ।

एस्ट्राजेनेकाको उत्पादनमा समस्या देखिनु ईयूको कोरोना खोप कार्यक्रमको लागि अर्को धक्का हो । यसअघि फाइजर र बायोएनटेकले पनि ईयूलाई दिँदै आएको कोरोना खोपको आपूर्ति घटाउने निर्णय गरेको थियो । उत्पादन बढाउनको लागि यो निर्णय आवश्यक रहेको कम्पनीको भनाइ थियो ।

जर्मनीका स्वास्थ्यमन्त्रीले जर्मनीले एस्ट्राजेनेकाको खोपलाई पनि अनुमति पाउनु खुसीको कुरा भएको बताए । अहिले विश्वका धेरै मुलुकहरु छिटोभन्दा धेरै अधिकांश मानिसहरुलाई खोप पु¥याउने दौडमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?