Comments Add Comment

बेलायती प्रधानमन्त्रीसँग बाइडनको फोनवार्ता, कोरोना र जलवायु परिवर्तनबारे छलफल

११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । शनिबार भएको फोनवार्तामा जोन्सनले बेलायतले बाइडनसँग जलवायु परिवर्तन र कोरोना भाइरस (कोभिड–१९) बारे सहकार्य गर्दै सम्बन्ध अघि बढाउन चाहेको बताएका थिए ।

जोन्सनले वार्ताको क्रममा बाइडनको पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा पुनः सहभागी हुने निर्णयको स्वागत गरेका थिए । साथै उनीहरुको बीचमा स्वतन्त्र व्यापार सम्झौताबारे पनि छलफल भएको थियो ।

सामाजिक सञ्जाल ट्वीटरमा जोन्सनले बाइडनसँग कुरा भएको जानकारी दिँदै लामो समयदेखि चल्दै आएको दुई मुलुकको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । जोन्सकी प्रवक्ताले बाइडनसँगको कुराकानीमा दुई मुलुकको स्वतन्त्र व्यापार सम्झौताको फाइदाको विषयमा पनि छलफल भएको जानकारी दिएकी छिन् । बेलायत ईयूबाट अलग भइसकेकाले अहिले उसको लागि अन्य मुलुकसँगको व्यापार सम्झौता महत्वपूर्ण बनेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले भने अहिले अमेरिकाको व्यापार सम्झौताको कुनै योजना नरहेको बताएकी छिन् । अहिले बाइडनको ध्यान कोरोना नियन्त्रण र कोरोना राहत पारित गराउनेतर्फ रहेको उनको भनाइ छ ।

अर्थतन्त्र जनेट येलनले पनि बाइडन व्यापार सम्झौताको लागि उत्सुक नरहेको संकेत गरिसकेकी छिन् ।

यसअघि शुक्रबार बाइडनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडरसँग पनि फोन वार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment