+
+
Shares

सामूहिक बलात्कारको आरोपमा प्रहरीसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १८:४०

११ माघ, बुटवल । सामूहिक बलात्कारको आरोपमा रुपन्देहीमा प्रहरीसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिकामा सामूहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा एक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका घर भएका प्रहरी जवान विशाल शर्मा र सोही ठाउँका गुरुचरण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।

गत कात्तिक २३ गते कञ्चन गाउँपालिका–४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामूहिक बलात्कार र एकजनाको नग्न फोटो खिचेर सार्वजनिक गरेको भन्दै चारजना विरुद्ध उजुरी परेको थियो । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?