+
+
Shares

महिला भलिबलको उपाधि कुँवरवर्तीलाई

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते ८:०८

१२ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा सम्पन्न दोस्रो उपमेयर रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि तिलोत्तमा-८ को कुँवरवर्तीर् इङ्लिस बोर्डिङ स्कूलले जितेको छ ।

योगिकुटीस्थित मणिमुकुन्द भलिबल कोर्टमा आइतबार भएको फाइनल खेलमा एभरेष्ट माविलाई ३-० को सोझो सेटमा पराजित गर्दै कुँवरवर्तीले उपाधि चुमेको हो ।

कुँवरवर्तीलाई उपाधि दिलाउन अलराउण्डर ओपन स्पाइकर भावना डांगीले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत उनले फाइनल खेलका तीन सेटमा एक्लै २५ अंक जोड्न सफल भएकी थिइन् ।

गत वर्ष पनि पनि कुँवरवर्तीले उपाधि जितेको कुँवरवर्तीले थियो ।रनिङ शिल्ड प्रतियोगितामा लगातार दोस्रो पटक उपाधि हात पार्न सफल भएको हो ।

११ टिमको सहभागिता रहेको प्रतियोगितामा बुटवलको एभरेष्ट मावि (रातो) उपविजेता बनेको छ भने एभरेस्ट मावि -सेतो)ले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

न्यु होराइजन मावि बुटवल सान्त्वना भएको छ । प्रतियोगितामा बेष्ट स्पाइकर कुवरवर्तिकी शर्मिला नेपाली, बेष्ट डिफेन्स कुवरवर्तिकी मोनिका विष्ट,बेष्ट सटर एभरेस्टकी जस्मा महतो, बेष्ट सर्भर एभरेस्टकी निर्भा सारु, बेष्ट ब्लकर एभरेस्टकी बबिता बिसी, उदियमान खेलाडीमा सिद्धार्थ माविकी एलिना चौधरी, अनुशासित खेलाडीमा न्यु होराइजनकी रश्मि पुन तथा उत्कृष्ट प्रशिक्षकमा कुँवरवर्तीका मिलन राना पुरस्कृत भए ।

विजेता,उपविजेता,तेस्रो र सान्त्वना टिमले क्रमशः ५५ हजार,३५ हजार, २० हजार र १० हजार नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विजयी टिम र खेलाडीलाई तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरी, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, प्रवक्ता सरेन्द्र श्री, नगर खेलकुद विकास समितिका अध्यक्ष राजेन्ऽ गुरुङले पुरस्कार वितरण गरेका थिए ।

सोही अवसरमा रोल्पामा सम्पन्न प्रादेशिक रेफ्री तालिममा सहभागी ५३ जनामध्ये सर्वोत्कृष्ट भएका मणिमुकुन्द भलिबल क्लबका प्रकाश थाल मगरसहित पाँच जनालाई सम्मान गरिएको नगर खेलकुद विकास समितिका सदस्य दीपक खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?