Comments Add Comment

 फागुनदेखि काठमाडौंबाट भेडेटार र इलाममा पर्यटक बस चल्ने

१२ माघ, काठमाडौं । अब काठमाडौंबाट पूर्वी नेपालका दुई गन्तब्य भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् । आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्न बस संचालनको तयारी गरिएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं-भेडेटार र काठमाडौं-इलाम पर्यटक बससेवा सञ्चालन हुने भएको हो । नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन लागेको बससेवा स्वास्थ्य प्रोटोकोलको पालना गरी २७ सिट क्षमताका पर्यटक बसबाट गरिने बोर्डले जनाएको छ ।

अहिले काठमाडौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र वीरगञ्जका लागि मात्र काठमाडौंबाट पर्यटक बस चल्ने गरेका छन् । पर्यटक बस अन्य व्यवसायिक यात्रका बसको तुलनामा सुरक्षित मान्छिन् ।

यसले इलाम र भेडेटारमा आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले बताए । पर्यटन प्रवर्द्धन र बससेवासँगै गुणस्तरको वृद्धिले नै पर्यटक आगमन बढ्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment