Comments Add Comment

सामसुङ डिजिटल प्लाजा अब गाइघाटमा

१२ माघ, काठमाडौं । हिम इलेक्ट्रोनिक्स, नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको आधिकारिक वितरकले उदयपुरको गाइघाटमा १२औं सामसुङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ ।

सामसुङ उत्पादनका लागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूले हिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसुङ प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो । हिम इलेक्ट्रोनिक्सले गाइघाटमा पूर्ण सुविधायुक्त नयाँ शोरूम कालिका सप्लायर्स एण्ड ट्रेडर्सको उद्घाटन गरेको छ ।

शोरूमको उद्घाटन ११ माघमा आयोजित एक कार्यक्रमको बीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले गरेका थिए ।

सामसुङ प्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पु¥याइरहेको कम्पनीले बताएको छ ।

नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने, ‘हामी हाम्रो नयाँ सामसुङ डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरु गर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाइघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ ।’

सामसुङ डिजिटल प्लाजामा सामसुङका अविश्वसनीय दायराका सबै उत्पादनहरू–एलइडी टिभी, फ्रिज, वाशिङ मेशिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु उपलब्ध छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसुङ डिजिटल प्लाजा र उपत्यका बाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसुङ डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको बताएको छ । प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलाइ विशेष उद्घाटन अफरहरु दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment