Comments Add Comment

नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा

१३ माघ, काठमाडौं । व्यापार सहजीकरण तथा निर्यात वृद्धिको उदेश्यसहित व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले नेपाल व्यापार सूचना पोर्टल सञ्चालनमा ल्याएको छ । आयात, निर्यात र स्वेदशमा उत्पादित वस्तुको बजारीकरणमा टेवा पुर्‍याउने सूचनासहितको एकल बिन्दु पोर्टल सेवा सुरु भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ ।

उत्पादकदेखि आयातकर्तासम्मले आफूलाई चाहिने सूचना इन्टरनेटमा आधारित एकल बिन्दु केन्द्रबाट पाउने छन् । नेपाल ट्रेड पोर्टल डट जीओभी इन्टरनेट ठेगानामा प्रवेश गरेपछि स्वदेशमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय बजार तथा विदेशमा उत्पादित वस्तुको नेपालमा व्यापार गर्न चाहिने सबै सूचना एउटै प्रणालीमा भेटिने केन्द्रको दाबी छ ।

नेपालमा कुन वस्तु कसले आयात गर्छ, नेपालबाट कुन-कुन वस्तु कुन-कुन मुलुकमा निर्यात हुन्छ भन्ने जानकारी पनि एकीकृत पोर्टलमा समाबेश गरिएको छ ।

नेपालसँग व्यापार सम्झौता भएका मुलुक, आयात तथा निर्यातका लागि सहुलियत तथा कानूनी उपाय, धेरै मात्रामा आयात तथा निर्यात भएका वस्तुहरुको विवरण पनि पोर्टलमा खुलाइएको छ ।

यस्तै कुनैपनि मुलुकबाट वस्तु आयात गर्नेर् व्यापारी, वस्तु उत्पादन गर्ने कृषक तथा उद्योग लगायतको सम्पूर्ण विवरणसहितको प्रोफाइल पनि उक्त पोर्टलमा समावेश गरीएको छ ।

सरकारले निशुल्क उपलब्ध गराएको उक्त प्लेटर्फममा उत्पादक, बिक्रेता, व्यवसायी र उद्योगीहरुले आफ्नो विवरणससहितको प्रोफाइल भने बनाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment