
१४ माघ, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंकको मूनाफामा गिरावट आएको छ । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १९ लाख ७३ हजार रुपैयाँले खुद नाफामा गिरावट आएको हो ।
६७ महिनाको अवधीमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको प्रति सेयर आम्दानी (इपीएस) पनि घटेको छ । पुस मसान्तमा वार्षिक २७.५७ रुपैयाँ रहेको बैंकको इपिएस २१.३७ रुपैयाँमा झरेको हो ।
कस्ता छन् अन्य सूचक हेर्नुस् :
सूचक | अहिले | पहिले | सुधार |
चुक्ता पुँजी | १२६३६७५८.६२ | ११२८२८२०.२० | १२ प्रतिशत |
रिभर्स एण्ड सरप्लस | १९३५६६६२.१३ | १८७४८१७१.३४ | ३.२५ प्रतिशत |
कर्जा | ११६६१०६७०.८१ | १०३३०३७५२.४६ | १२.८८ प्रतिशत |
निक्षेप | १४८९९४८६८.८२ | १४१५३०३८०.५७ | ५.२७ प्रतिशत |
खुद ब्याज आम्दानी | २९७१३९८.७९ | २७४५०७९.७१ | ८.२४ प्रतिशत |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4