Comments Add Comment

पीएम कप क्रिकेट : एपीएफले पुलिसलाई दियो २०४ रनको लक्ष्य

१४ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब अहिले खेलिरहेका छन् । जहाँ एपीएफले पुलिसलाई जितका लागि २०४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको एपीएफले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रन बनाएको छ ।

एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए । भेट्रान स्पिनर बसन्त रेग्मी इन्जर्ड भएपछि एपीएफले उनको स्थानमा सूर्य तामाङलाई टिममा खेलाएका थियो । यस्तै एक्स्ट्रा ब्याट्सम्यान खेलाउने भन्दै किशोर महतोको स्थानमा शंकर रानालाई खेलाइएको थियो । शंकरले त्यसलाई केही हदसम्म न्याय गरे । यस्तै सातौं नम्बरमा ब्याटिङ गरेका भुवन कार्कीले ४२ र सन्दिप जराले ३४ रन जोडे । तर अन्य ब्याट्सम्यानले खासै राम्रो योगदान गर्न सकेनन् ।

पाँचौ ओभरको तेस्रो बलमा रासिद खानले एपीएफका आसिफ शेखलाई कट एण्ड बोल्ड गर्दै पुलिसलाई पहिले सफलता दिलाएका थिए । आसिफ १ रन बनाएर आउट भए । त्यसपछि पुलिसका आरिफ शेखले ३ विकेट लिए । आरिफले आठौं ओभरमा सुवास खकुरेलललाई व्यक्ति १९ रनको स्कोरमा बोल्ड गरे । १२औं ओभरमा आरिफले एपीएफका कप्तान शरद भेषावकरलाई विकेटकिपर अनिल शाहबाट क्याचआउट गराए भने ४औं ओभरमा सुमितलाई पवन सर्राफबाट क्याचआउट गराए । शरदले १८ र सुमितले १ रन बनाए ।

१३.३ ओभरमा ४३-३ को अवस्थामा रहेको एपीएफको इनिङ्स शंकर र सन्दिप जोराले उकासेका थिए ।

शंकर र सन्दिपले पाँचौ विकेटका लागि अर्धशतकसिय साझेदारी गरे । यी दुईले ६४ रनको साझेदारी गर्दै एपीएफको स्कोर सय रन कटाएका थिए ।

तर ३०औं ओभरको दोस्रो बलमा सागर ढकालले जोरालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । जोराले ४३ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा ३४ रन बनाए ।

त्यसपछि शंकर राना ३९औं ओभरको पहिलो बलमाआउट भए । ९६ बल खेल्दै ४ चौका मद्दतमा ४४ रन बनाएका शंकरलाई दीपेन्द्र सिंह ऐरीले पवन सर्रफबाट क्याचआउट गराए ।

यस्तै ४५औं ओभरको पहिलो बलमा दीपेन्द्रले अमर राउटेलालाई रासिद खानको हातबाट क्याचआउट गराएपछि एपीएफले १४४ रनमा सातौं विकेट गुमायो । सन्दिप जोरा आउट भएपछि क्रिजमा आएका भुवन कार्कीले त्यसपछि इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । उनले कमल सिंह ऐरीसंग आठौं विकेटका लागि ३८ रनको साझेदारी गरे । ४९औं ओभरको पहिलँ बलमा ललित राजवंशीले कमललाई पवनबाटै साझेदारी ब्रेक गरे । कमलले १३ बल खेल्दै २ चौका मद्दतमा ४९ रन बनाए ।

सोही ओभरको दोस्रो बलमा ललितले भुवन कार्कीलाई विकेटकिपर अनिलबाट स्टम्पिङ गराए । भुवनले ५६ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ४२ रन बनाए ।

अन्तिम दुई बलमा अभिनाश बोहराले छक्का र चौका प्रहार गर्दै एपीएफको स्कोर दुई सय कटाएका थिए ।

अभिनाशले ५ बल खेल्दै अविजित ११ रन बनाए।

बलिङमा पुलिसका आरिफ शेखले १० ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिए । यस्तै दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान २ विकेट लिए । १० ओभर बलङ गर्दा दीपेन्द्रले ४२ र ललितले ४४ रन खर्चे ।

यस्तै सागर ढकालले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए । रासिद खानले १० ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment