
काठमाडौं । विश्वविख्यात नारीवादी लेखक सिमोन द बोवुआरको किताब नेपाली भाषामा प्रकाशित भएको छ । सिमोनको पुस्तक ‘महिलासँग गुमाउनका लागि केही छैन’ नेपाली भाषामा प्रकाशित भएको हो ।
जर्मन पत्रकार एलिस स्वेर्जरले सिमोन र सिमोनका प्रेमी तथा दार्शनिक ज्याँ पाल सात्रसँग लिएका अन्तर्वार्ताहरू किताबमा समेटिएका छन् । विभिन्न समयमा लिइएका ६ थान अन्तरवार्ता पुस्तकमा समेटिएका छन् ।
पुस्तकमा विवाह संस्था, परिवार, मातृत्व, महिला यौनिकतामाथि सिमोनका विचारहरू समेटिएका छन् । महिला मुक्तिको विषय नेपाली सन्दर्भसँग जोडिने भएकाले विदेशी भाषाबाट पुस्तक अनुवाद गरिएको प्रकाशक इन्डिगो इन्कका अध्यक्ष विष्णुकुमार पौडेलले बताए । पुस्तक लेखक तथा पत्रकार सागर चन्दले अनुवाद गरेका हुन् ।
इन्डिगो इन्कले बजारमा ल्याएको पुस्तकको मूल्य २ सय ९९ रुपैयाँ राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4