+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

उद्योग वाणिज्य महासंघको उद्योग समिति सभापतिमा भरतराज आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १४:१०

१४ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको सभापतिमा भरतराज आचार्य चयन भएका छन् । आचार्य महासंघको नवनिर्वाचित कार्यकारिणी समिति सदस्य हुन् । महासंघमा नयाँ कार्यसमिति चयन भएसँगै अहिले विभिन्न समितिहरु विस्तार भइरहेको छ ।

सोमबार महासंघले गठन गरेको समितिको सहसभापतिको जिम्मेवारी कार्यकारिणी समिति सदस्य सुशील थापाले पाएका छन् ।

यस्तै सदस्यहरूमा पञ्चकन्या समूहका उज्ज्वल श्रेष्ठ, प्लास्टिक तथा टेक्सटायल इन्डस्ट्रिजका वीरेन्द्र साह, पेट्रोकेमिकल तथा नेपाल ग्यास इन्डस्ट्रिजका गोकुल भण्डारी चयन भएका छन् ।
अन्स्ट्राटेजिक म्यानेजमेन्ट एक्सपोर्टका आशिष शर्मा, प्रगति टेक्सटाइलका जितेन्द्र लोहिया, नेपाल बोटल वाटर इन्डस्ट्रिज एसोसिएसनका अध्यक्ष सुभास भण्डारी, नेपाल औषधि उत्पादक संघका विप्लभ अधिकारी पनि समितिको सदस्यमा चुनिएका छन् ।

महासंघको कर तथा राजस्व समितिका सभापति सन्दीपकुमार अग्रवाल, न्यौपाने एन्ड ल एसोसिएटका अञ्जन न्यौपाने, नेपाल लिभर लिमिटेडका प्रतीक श्रीवास्तव, एसआर स्टिलका सुरज उप्रेती, नेपाल पस्मिना उद्योग संघका धनप्रसाद लामिछाने, ट्रान्सवेल्ड नेपाल प्रालिका अमुल श्रेष्ठ, यती डिस्टिलरीका अभिषेक श्रेष्ठ आमन्त्रित सदस्यहरूको रुपमा समितिमा रहने छन् ।

अन्य आमन्त्रित सदस्यहरुमा एचडी इन्डस्ट्रिजका ईश्वर जीसी, मारुती र्फमाका प्रभात रुगंटा, बबरमहल हेरिटेजका विराट शम्शेर जबरा, फुटवेयर इन्डस्ट्रिज एसोसिएसनका कृष्ण फुयाल, रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पशुपतिबहादुर खड्का, तुलसीपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विमल रिजाल र चार्टर्ड एकाउन्टेन्ट विशेषविभु आचार्य रहेका छन् ।

समितिको सल्लाहकारहरुमा डा.तारा पोख्रेल, हरिप्रसाद पाठक, रामशरण थपलिय, शैलेन्द्र प्रधान र मुकुन्द तिमिल्सना चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?