+
+
Shares

महिला लघुवित्तको आईपीओ आउँदै, बोर्डबाट पायो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १७:४३

१४ माघ, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सर्वसाधारणका लागि आईपीओ जारी गर्न यस लघुवित्तले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति समेत पाइसकेको छ ।

बोर्डले दिएको जानकारी अनुसार गत ८ गते नै आईपीओ जारी गर्न संस्थाले स्वीकृति पाएको हो । संस्थाले प्रति सेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?