+

महिला राष्ट्रिय लिग : कुसुमकाे ह्याट्रिकमा विराटनगरकाे शानदार जित

२०७७ माघ  १४ गते १७:५४ २०७७ माघ १४ गते १७:५४
महिला राष्ट्रिय लिग : कुसुमकाे ह्याट्रिकमा विराटनगरकाे शानदार जित

१४ माघ, काठमाडौं । कुसुम खतिवडाले ह्याट्रिक गरेपछि विराटनगर महानगरपालिकाले महिला राष्ट्रिय लिगमा पहिलाे जित हात पारेकाे छ ।

लिग अन्तर्गत बुधबार एन्फा कम्प्लेक्समा भएकाे खेलमा विराटनगरले राैतहटकाे चन्द्रपुर नगरपालिकालाई ५-० ले पराजित गरेकाे हाे । अनु राई र सरिता शेर्पाले एक एक गाेल थपे ।
कुसुमले १२औं, ६९औं र ७०औं मिनेटमा गाेल गरिन् । अनु राईले ३२औं र सरिताले ६३औं मिनेटमा गाेल गरिन् ।

लिगमा पहिलाे जितपछि विराटनगर तीन खेलबाट ४ अंक जाेड्दै चाैथाे स्थानमा उक्लेकाे छ । चन्द्रपुर ३ अंकसहित पाँचाै स्थानमा छ ।

पहिलाे जितपछि विराटनगरका प्रशिक्षक पारस चाैधरीले जितबाट खुसी रहेकाे र अट्याकिङ रणनीतिमा सफल भएकाे बताए । उनले विभागीय टिमसँग खेल्दा खेलाडी नर्भस हुने गरेकाे र आज राम्राे खेलेकाे बताए ।

चन्द्रपुरका सहायक प्रशिक्षक चित्र दर्लामी मगरले फराकिलाे हारकाे अपेक्षा नगरेकाे बताए । उनले डिफेन्समा समस्या रहेकाे र त्यसकाे असर खेलमा देखिएकाे बताए ।

महिला राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय