+
+

शिक्षकले अश्लील व्यवहार गरेको भन्दै अभिभावकद्वारा स्कुल बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १८:४१

१४ माघ, सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका- ३ तरहीस्थित जनता माध्यमिक विद्यालयका शिक्षकले छात्रासँग अश्लील व्यबहार गरेको भन्दै अभिभावकले कारवाहीको माग गरेका छन् ।

विद्यालयमा निमावि तहमा कार्यरत शिक्षक ओमप्रकाश यादवले कक्षा ८ मा अध्ययनरत बालिकासँग अश्लील व्यबहार गरेको अभिभावकले बताएका छन् । गत सोमबार चौथो घण्टीको समयमा शिक्षक यादवले आफूसँग अश्लील व्यवहार गरेको बालिकाले बताएकी छन् ।

‘बालिकाले यस किसिमको मौखिक बयान दिएलगत्तै मंगलबार बैठक बसेर शिक्षकलाई कारवाही गर्ने निर्णय गरेका छौं’ विद्यालयका प्रधानाध्यापक राजकुमार झाले भने, ‘त्यो निर्णयको कापी नगरपालिकामा बुझाएका छौं । अबको प्रक्रिया नगरपालिकाले नै गर्नेछ ।’

बालिकासँग अश्लील व्यबहार गर्ने शिक्षकलाई कारवाहीको माग गर्दै अभिभावकले बुधबार विद्यालय सञ्चालन हुन दिएन । ‘अभिभावकले अश्लील व्यवहार गर्ने शिक्षकलाई कारवाहीको माग गर्दै विद्यालय सञ्चालन हुन दिएन’ प्रधानाध्यापक झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?