Comments Add Comment

पुछारको शेफिल्डसँग म्यानचेष्टर युनाइटेड स्तब्ध

१५ माघ काठमाठौं । प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड अंक तालिकामा पुछारमा रहेको शेफिल्ड युनाइटेडसँग पराजित भएको छ

घरेलु मैदान ओल्डट्राफोर्डमै युनाइटेड शेफिल्डसँग २-१ ले पराजित भएको हो । यस सिजन शेफिल्डको यो दोस्रो जित हो ।

खेलको २३ औं मिनेटमा किन ब्रायनले गोल गर्दै शेफिल्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा शेफिल्डले अग्रता कायमै राख्यो ।

खेलको ६४ औं मिनेटमा युनाइटेडका ह्यारी मगुएरले बराबरी गोल फर्काए । तर ७४ औं मिनेटमा ओलिभर बुर्केले गोल गर्दै सेफिल्डलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेन र युनाइटेड घरेलु मैदानमा हार व्यहोर्न बाध्य भयो ।

हारपछि युनाईटेडले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । २० खेलबाट ४० अंकसहित युनाइटेड दोस्रो स्थानमै छ । युनाइटेडभन्दा एक खेल कम खेलेको लिग लिडर म्यानचेस्टर सिटी ४१ अंकसहित शीर्ष स्थानमा छ । युनाइटेडलाई स्तब्ध पारेको शेफिल्डले ८ अंक जोडेको छ र अझै अंक तालिकाको पुछारमा छ ।

उता तेस्रो स्थानको लेस्टर सिटी र सातौं स्थानको एभरटनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदामान जेम्स रोड्रिगेजले ३०औं मिनेटमा गोल गर्दै एभरटनलाई अग्रता दिलाएका थिए तर ६७ औं मिनेटमा युरी थिलेमान्सले लेस्टरका लागि बराबरी गोल फर्काए ।

२० खेलबाट लेस्टरको ३९ अंक छ र समान खेलबाट एभरटनको ३३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment