Comments Add Comment

आज पनि माइतीघरमा प्रचण्ड-माधव समूहको धर्ना

१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना दिएको छ ।

प्रचण्ड–माधव समूहका सांसद, प्रदेशसभा सदस्यलगायतको उपस्थितिमा बिहीबार माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाका लागि धर्ना कार्यक्रमको आयोजना गरिएको सो समूहले जनाएको छ । धर्नमा सहभागीहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद विघटन गर्न पाइँदैन निरंकुशतन्त्र चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।

नेकपा प्रचण्ड–माधव समूहले संसद विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । प्रचण्ड–माधव समूहले बुधबारदेखि माइतीघर मण्डलामा प्रत्येक दिन दुई घण्टा धर्ना दिँदै आएको छ । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment