+
+
Shares

व्यवसायीलाई मोफसलबाटै सुन बिक्री गर्न बैंकर्स संघ सहमत

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १९:१४

१५ माघ, काठमाडौं । काठमाडौं उपत्यकाबाहिरबाट पनि वाणिज्य बैंकहरुले सुन बिक्री वितरणको व्यवस्था मिलाउने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघका पदाधिकारीहरुबीच बिहीबार भएको छलफलमा यस्तो सहमति भएको हो ।

सुन बिक्री वितरणमा देखिएको समस्याहरु हल गर्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र बैंकर्स संघ सहमत भएको सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।

‘काठमाडौं उपत्यका बाहिरवाट सुन वितरण नगरिँदा व्यवसायीहरुले दुःख खेप्नु परेको विषयमा छलफल भयो । उपत्यका बाहिरका तोकिएका स्थानहरुवाट समेत सुन वितरणको ब्यवस्था मिलाउन सहमति भएको छ,’ अध्यक्ष शाक्यले भने ।

छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल व्यवसायीको माग सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन संघ तयार रहेको बताएका थिए ।

छलफलमा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकहरुबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यारुलाई सल्टाउने विषयमा मिलेर अघि बढ्ने सहमति भएको पनि महासंघले जनाएको छ ।

मोफसलका जिल्लाहरुबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाडौंको भन्दा बढी लिने, जिल्लाहरुमा पनि सुनको स्टक राख्ने, बैंकहरुपिच्छे फरक फरक हुँदै आएको दरभाउमा एकरुपता ल्याउने, सुन खरिद गर्न बैंकहरुले सहज वातावरण बनाउने र सुनको कोटा बृद्धि गरी पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका बिषयमा छलफल भएको थियो ।

बैंकर्स संघको सिफारिसमा वाणिज्य बैंकहरुले विदेशबाट कच्चा सुनको आयात गरी महासंघको सिफारिसमा व्यवसायीहरुलाई सुन उपलब्ध गराउँने प्रचलन छ । राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरवाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौदि्रक नीतिमा समेटिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?