Comments Add Comment

ग्राण्डस्लाम विजेता ओसाकाले किनिन् अमेरिकन च्याम्पियन फुटबल क्लब

१६ माघ, काठमाडौं । तीन पटककी ग्राण्डस्लाम टेनिस विजेता नाओमी ओसाकाले अमेरिकन व्यावसायिक महिला फुटबल टिम नर्थ कारोलिना करेजमा लगानी गरेकी छिन् ।

चार वर्षअघि स्थापना भएको उक्त क्लबले अमेरिकाको उच्च लिग नेसन्स वुमन्स सकर लिगमा प्रतिस्पर्धा गर्ने गर्छ ।

२३ वर्षीया ओसाकाले क्लबमा कति लगानी गरेकी छिन् भन्ने खुलाएकी छैनन् । ओसाकाले जसले आफूमाथि लगानी गर्‍यो त्यसले गर्दा आफू अहिलेको स्थानमा भएको बताइन् । ‘मलाई थाहा छैन तिनीहरुविना म अहिले कहाँ हुने थिएँ,’ ओसाकाले भनिन्, ‘मेरो करियरभरी नै मैले मेरो महिला एथ्लेटिकबाट धेरै माया पाएको छु । त्यसैले नर्थ कारोलिना करेजको मालिक भएको कुरा सार्वजनिक गर्न पाउँदा म गौरवान्वित छु ।’

क्लबले सन् २०१७ मा स्थापना भएदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । कारोलिनाले सन् २०१८ र २०१९ मा नेसनल वुमन्स सकर लिग च्याम्पियनसिप जितेको थियो । दुवै पटक टबेल र प्लेअफमा शीर्ष स्थानमा थियो ।

ओसाका भने अहिले अष्ट्रेलियन ओपनको तयारीमा छिन् । विश्व नम्बर तीन खेलाडी ओसाकाले २०१९ मा अष्ट्रेलियन ओपन जितेकी थिइन् भने २०१८ र २०२० मा युएस ओपन जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment