+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन हो : भानुभक्त ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १६ गते १३:३६
फाइल तस्वीरु

१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संसद पुनर्स्थापनाको माग गर्नु प्रतिगमन भएको बताएका छन् । शुक्रबार मन्त्रालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री ढकालले ताजा जनादेशका लागि निर्वाचनमा जानु अग्रगमन भएको बताए । ‘अफ्ठ्यारो परिस्थितिबाट ताजा जनादेशमा जानु अग्रगमन हो,’ उनले भने, ‘संसद पुनर्स्थापनाको माग राख्नु चाहिँ प्रतिगमन हो ।’

पर्यटन मन्त्रालयमा अघिल्ला मन्त्री योगेश भट्टराईले ल्याएका राम्रा कार्यक्रमलाई भने निरन्तरता दिने उनले बताए । उनले पर्यटक आगमन सहज बनाउने गरी थप निर्णयको तयारी भइसकेको जानकारी दिए । कोरोनाका कारण उत्पन्न असहज परिस्थिति अब सहज बन्दै गएको भन्दै उनले यसअघिका निर्णयमा परिमार्जन गर्दै जाने योजना रहेको उनले बताए । आफू चुनावसम्म मात्र यो मन्त्रालयमा रहने भन्दै उनले महत्वाकांक्षी योजना भने ल्याउने सोच नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?