Comments Add Comment

जसपाले संसद विघटनको विरोधमा वडा तहसम्म विरोध गर्ने

१६ माघ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहन/मसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार बसेको पदाधिकारी बैठकले प्रतिगमन विरोधी संघर्षलाई जारी राख्ने निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

माघ २३ गते जिल्ला, २५ गते संघ र प्रदेश निर्वाचन क्षेत्र, माघ २७ गते पालिकाहरू र २९ गते वडा तहमा संसद विघटनको विरोधमा कार्यक्रम गर्न लागेको हो ।

बृहत जनसभा भने केही दिनमा तय हुने अध्यक्ष यादवले जानकारी दिए ।

संघर्षका कार्यक्रम र पार्टी समायोजन कार्यक्रम सँगसँगै लैजाने जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment