
गल्फ लुब्रिकेन्टको लागि नेपालको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले एड्भान्स क्लब्ड स्किम अन्तर्गत वालाजुस्थित सुपूर्व इम्पेक्सलाई भिटारा ब्रिजा (1500 cc) गाडी प्रदान गरेको छ । सुपूर्व इम्पेक्स गल्फ लुब्रिकेन्टको आधिकारिक रिटेलर हो । यसै क्रममा सेन्टरका प्रमुखलाई गाडीको साँचो हस्तान्तण गरिएको छ । नेपाल ल्युब आयलका डेपुटी जेनरल मेनेजर दिवाकर मिश्रल यही मंसीर १४ गते सुपूर्व इम्पेक्सका प्रोप्राइटर रामेश्वर घिमिरेलाई गाडी हस्तान्तरण गरे ।
नेपाल ल्युब आयल लिमिटेडले निरन्तर रुपमा विभिन्न योजनाहरु प्रदान गर्दै आएको छ । यसै सिलसिलामा २०७६/२०७७ तथा २०७७/२०७८ को २ वर्षको आवधि भित्र आफ्ना रिटेलरहरुले टार्गेट पूरा गरेको खण्डमा एड्भान्स क्लब्ड स्किम अन्तर्गत समावेश गर्ने गरी सम्झौता गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले टु ह्वीलर रिटेलर स्किम तथा जिइयो र डिइयो रिटेलर स्किमको लागि पनि १ वर्षे सम्झौता गरेको छ ।
कुसुम इन्टरप्राईजेज लिमिटड अन्तर्गत रही काठमाडौं उपत्यका भित्र गल्फ लुब्रिकेन्टको लागि आधिकारिक वितरकका रुपमा कार्य गर्दै आएकोे छ । वालाजुमा कार्यालय रहेको सुपूर्व इम्पेक्सले विगत ३ वर्ष देखि गल्फ लुब्रिकेन्ट विक्री गरिसकेको छ ।
प्रतिक्रिया 4