Comments Add Comment

टी-१० लिगमा करणको सुधारिएको प्रदर्शन, पुनेको पहिलो हार

१६ माघ, काठमाडौं । नेपाली क्रिकेटर करण केसीले युएईमा भइरहेको टी-१० लिगमा सुधारिएको प्रदर्शन गरेका छन् । पुने डेभिल्सबाट पहिलो पटक टी-१० लिग खेलिरहेका करणले लगातार दोस्रो खेल खेल्दा प्रदर्शनमा सुधार गरे ।

कलन्दर्स विरुद्धको खेलमा उनले एक ओभर बलिङ गर्दै जम्मा ९ रन खर्चिए । सुरुवाती ५ बलमा समान एक रन खर्चिएका करणले अन्तिम बलमा चौका दिएका थिए ।

करणले राम्रो बलिङ गरेपनि पुने कलन्दर्ससंग ९ विकेटले पराजित भयो । पुनेले दिएको १०८ रनको लक्ष्य कलन्दर्सले १७ बल अगावै १ विकेट मात्र गुमाएर पूरा गरेको हो ।

पहिलो खेलमा करणले एक ओभर बलिङ गर्दा १७ रन खर्चिएका थिए ।

यस्तै नेपालका अर्का खेलाडी सोमपाल कामीले पनि टी-१० लिगमा लगातार दोस्रो खेल खेल्दैछन् । लिगको पहिलो खेलमै नर्दन वारियर्स विरुद्ध खेलेका सोमपाल अहिले भइरहेको दिल्ली बुल्स विरुद्धको खेलमा खेलिरहेका छन् ।

नेपालका अर्का खेलाडी कुशल मल्ल सम्मिलित टीम आबुधाबीले आजै आफ्नो पहिलो खेलमा डेक्कन ग्लाडिएटर्ससंग खेल्दैछ । गत सिजन आबुधाबीबाट खेलेका अलराउण्डर पारस खड्का भने यस पटक मेन्टरको भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment