+
+
Shares

द वान शो एसिया सोकेस २०२०मा नेपालबाट दुई सिर्जना चयन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १७ गते १८:३५

नेपाली विज्ञापन प्रचार अभियानको इतिहासमापहिलो पटक द वान शो एसिया को लागि नेपाली सिर्जना चयनभएको छ । यस वर्षको द वान शो एसिया सोकेस २०२० एशिया प्यासिफिकका उत्कृष्ट सिर्जनाहरु विश्व सामू प्रदर्शित गरिन्छ, जसमा नेपालबाट २ वटा प्रचार अभियानहरु #Basichumanity र #TogetherAhead चयन भएको छ ।

यी २ सिर्जनाको छनौट एशिया प्यासिफिक क्षेत्रबाट १७ देशका ५९ शहरहरुबाट बुझाइएका २,६०० भन्दा बढी अभियानहरु मध्येबाट भएको हो । छानिएका अभियानहरु वानसोमा धेरै समयदेखि कायम उच्च मापदण्डको समर्थन गर्दै आएका२९ राष्ट्रहरु र विश्वका सबै क्षेत्रहरुकाविविधविधाका ६२ जना प्रतिभा शाली क्रियटि लिडर हरुले २ चरणमा गरेको सर्वोत्कृष्ट सिर्जनाको समिक्षाबाट निर्णय गरिएको थियो ।

यो छानिएका अभियानहरु एशिया प्यासिफिक क्रियटिभ इन्डस्ट्रीमा उत्कृष्ट कामको प्रतिनिधित्व गर्छन् ।

नेपाल विज्ञापन एजेन्सी संघ (आन) का अध्यक्ष सोमप्रसाद धितालले भने,’वान एसियामा नेपालको प्रतिनिधित्व भएको देख्न पाउादा म अत्यन्त प्रफुल्लित भएको छु, हामीले सिर्जनशीलताको यी जोशहरुलाई कायम राख्नु पर्छ, जसले गर्दा हाम्रो उद्योग विश्वको अन्य अग्रणी विज्ञापन समुदायको एक हिस्सा बन्नेछ ।’

नबिल बैंककाप्रमुख कार्यकारी अधिकृत अनिल शाह #TogetherAhead प्रचार अभियानको एक हिस्सा थिए । उनले भने ‘सम्पूर्ण टिमलाई बधाई दिन चाहन्छ ।हाम्रो क्रियटिभ प्रतिभाहरुलाई उजागर गरी नेपाललाई गौरवान्वीत बनाउने सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फोरमको हिस्सा हुने अवसर प्राप्त भएकोमा आभार व्यक्तगर्न चाहान्छु ।’

नबिल बैंकको लागि निर्माण गरिएको #TogetherAhead अभियान सीआरईओ कम्युनिकेसनले कोभिडको समयमा ऐक्यबद्धताको सन्देश दिने उद्देश्यले सिर्जना गरेको थियो ।

नेपाल विज्ञापन एजेन्सी संघ (आन) का निवर्तमानअध्यक्ष रविन्द्र कुमार रिजाल (शशि)ले हौसला बढाउादै भने, ‘टिमलाई हार्दिक बधाई छ, मलाई विश्वास छ यो सम्मानले विश्वव्यापी रुपमा नेपाली विज्ञापनलाई उच्च स्थान मात्र दिलाउने होइन साथसाथै देशमै पनियसले विज्ञापनदाता र एजेन्सीहरु दुवैलाई नयाा सोचहरु तथारचनात्मकनवीनअभियानहरुको थालनीगर्न एक प्रेरणाको रुपमा काम गर्नेछ ।’

आउटरिच नेपालले देशभित्र र बाहिर दुवै स्थानमा नेपाली विज्ञापनको प्रारुप विस्तार गर्ने दिशामानिरन्तर कार्य गर्दै आइरहेको छ । #Basichumanity अभियान, कोभिडको समयमा सिर्जना गरिएको एक अत्यन्त सफल अभियान थियो । यो अभियान ६ देशका ८ वटा भाषाहरुमा अनुवाद गरिएको थियो साथै यस अभियानले २०२० डिसेम्बरमा सााघाईमा आयोजित ईसीआई अवार्ड हासिल गर्न सफलभएको थियो ।

आउटरिच नेपालका संस्थापक मैनेजिङ्ग डाइरेक्टर उजय शाक्यले भने,’यसले विश्व समुदायमानै नेपालको विज्ञापन एवं lmत्रयटिभ इन्डस्ट्री को बारेमा धारणा परिवर्तन गर्न मद्दत पुर्‍याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?