+
+
Shares

हङकङका नागरिकलाई बेलायतमा विशेष भिसा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १८ गते १४:३६

१८ माघ, काठमाडौं । बेलयतमा आइतबारदेखि हङकङका नागरिकहरुलाई नागरिकता दिने उद्देश्यका साथ ल्याइएको विशेष भिसा योजना सुरु भएको छ । यो योजनाअन्तर्गत हङकङका करिब तीन लाख मानिसहरुले यो योजनामा सहभागी भई बेलायतको भिसा लिने अनुमान गरिएको छ ।

अहिले ल्याइएको भिसा योजना बेलायती राष्ट्रिय (ओभरसिज) पासपोर्ट भएका मानिसहरुका लागि लागू हुनेछ । उनीहरुले छिटो बाटोबाट बेलायतको नागरिकता पाउनेछन् । यद्यपि चीनले भने बीएमओलाई अब भ्रमणको लागि आवश्यक कागजातको मान्यता नदिने बताइसकेको छ ।

चीनले हङकङका लागि ल्याएको नयाँ सुरक्षा कानुनको विरोधमा बेलायतले यस्तो निर्णय गरेको थियो । बेलायतले ल्याएको योजनाअनुसार हङकङका मानिसहरुले पाँच वर्षमा बसोबासको लागि आवेदन दिन सक्नेछन् । त्यसको १२ महिनापछि उनीहरुले नागरिकताको लागि आवेदन दिन सक्नेछन् ।

चीनले भने हङकङको विषय आफ्नो आन्तरिक मामिला भएको भन्दै बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताइसकेको छ । बेलायतका अनुसार गत जुलाईयता बेलायतमा सात हजारभन्दा धेरै हङकङका मानिसहरुले सेटलमेन्टको अनुमति पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?