Comments Add Comment

सेनाका बख्तरबन्द गाडीहरुले चक्रपथमा परिक्रमा गर्ने

फाइल फोटो । सिद्धान्त पाैडेल ।

१८ माघ, काठमाडौं । सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्ने भएको छ ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेको ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना छ । सेनाले यसलाई नियमित अभ्यास भनेको छ ।

जानकारहरुका अनुसार लामो समयदेखि सेनाले बख्तरबन्द गाडीहरु यसरी सडकमा निकालेर अभ्यास गरेको छैन । प्रतिनिनिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले बख्तरबन्द गाडीको अभ्यास गर्नु अर्थपूर्ण भएको उनीहरु बताउँछन् ।

सैन्य मामलाका जानकारहरुले यसलाई नियमित रुपमा मात्रै हेर्न नहुने बताएका छन् ।

जंगीअड्डाले भने सैनिक प्रवक्ताको ट्वीटर ह्याण्डलमार्फत यससम्बन्धी सूचना सार्वजनिक गरेर यो नियमित अभ्यासबाहेक केही नभएको सन्देश दिने कोशिश गरेको छ ।

जंगीअड्डाका स्रोतले भन्यो, ‘विनाजानकारी बख्तरबन्द गाडी सडकमा निस्किँदा नागरिकस्तरमा नकरात्मक सन्देश जान सक्ने भएकाले पहिल्यै सूचना प्रवाह गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment