Comments Add Comment

माधव नेपालको दाबी : संसद पुनर्स्थापना भए ओलीका २० सांसदले साथ दिन्छन्

१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना भए ओली पक्षमा लागेका २० सांसदले आफूहरुलाई साथ दिने बताएका छन् ।

आइतबार आफ्नो समूह निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति लगाएर नेता कार्यकर्तालाई आफूतिर तान्ने कोसिस गरेको बताए ।

सतिसाल झै दृढताका साथ उभिने, विरोधी खेमामा सड्नेसँगै कहिले यता त कहिले उता गर्ने मानिसहरु पनि पार्टीमा रहेको भन्दै उनले राम्रा मान्छेहरुलाई तान्ने प्रयास गर्नुपर्ने बताए । नेता नेपालले अघि भने, ‘प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भने हामी २० जना साथ दिन तयार छौं भनेका छन् । ’

थुप्रै नेता कार्यकर्ताले ओली पक्षले देखाएको प्रस्ताव अस्वीकार गरेको उनले सुनाए । ‘एक जनालाई किन्न गएछन्, उनले म विकाउ माल हो ? भनेर झपारिदिएछन् । अर्कोलाई मन्त्री बनाइदिन्छु भनेछन्, उनले ए म लोभमा पर्ने मान्छे हो  ? भनेछन्’ नेता नेपालले अघि भने, ‘एक जनालाई हेर्नुस् दिदी बाटामा हिँड्दा केही भयो भने के गर्ने ? भन्दा मलाई धम्की दिन्छौं भनेपछि भागेछन् ।’

अध्यक्ष नेपालले आफ्नो समूहमा संघर्षबाट खारिएर आएका नेता कार्यकर्ताहरु रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment