+
+

म्यानमारको सैन्य कू बारे नेपालले भन्यो– सुकीलाई तत्काल रिहा गर

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १९ गते २०:४६

१९ माघ, काठमाडौं । म्यानमारमा सेनाले चालेको कदमको विषयमा नेपाल सरकारले प्रतिक्रिया दिएको छ । नेपालले प्रजातान्त्रिक र संवैधानिक प्रक्रिया छिट्टै नै पुनर्स्थापित हुने विश्वास व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै म्यानमार घटनालाई नजिकबाट नियालिरहेको पनि उल्लेख गरेको छ । नेपालले सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति र स्टेट काउन्सिलर आङ साङ सुकीको सुरक्षाको बारेमा समेत चासो व्यक्त गर्दै तत्काल रिहा गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?