Comments Add Comment

प्लाष्टिकको प्रयोगलाई पूर्णत निषेध गर्न सकिएला ?

आजभन्दा करीब दश बर्षअघि मैलें प्लाष्टिक बिना जिन्दगी बिताउने कोशिस गरेको थिएँ । आज एक दशकपछि जब दुनियाँका तमाम मुलुक प्लाष्टिको प्रयोगलाई निरुत्साहित गर्ने, एवं पूर्ण रुपले निषेध गर्ने कुरा गरिरहेका छन्, यसका लागि आवश्यक कदम उठाइरहेका छन् । तर, प्रश्न उठ्छ कि अहिले एक दशकपछि बिना प्लाष्टिकको जिन्दगी बिताउनु सजिलो छ ?

आजभन्दा दश बर्षअघि अर्थात सन् २००८ मा भयांकर गर्मी थियो । मलाईं त्यो गर्मी यसकारण याद छ कि, मेरो भान्सामा प्लाष्टिकको बोत्तलमा रहेको दुध र दहीको खाली डिब्बाबाट गन्ध आइरहेको थियो ।

जुलाईको त्यस महिनामा मैले मेरो पुरा परिवार, अर्थात मेरो पति र बच्चाले प्रयोग गरेका प्लाष्टिको ६ सय ३ वटा सामान जम्मा गरें । तयसपछि अर्को महिनादेखि मैलें अभ्यास गरें कि, प्लाष्टिको प्रयोग बिना पनि जिउन सकिएला ?

मैलें यसो किन पनि गरेकी थिएँ भने, बीबीसीमा एउटा रिपोर्ट थियो, जसमा प्लाष्टिकको कारण प्रशान्त महासागरमा भएको प्रदूषणबारे बताइएको थियो । यसमा मेरो पतिले प्रश्न उठाएका थिए, ‘के यो संभव छ कि हामीले एक पटक प्रयोग गरेर मिल्काउने प्लाष्टिकलाई जिन्दगीबाट हटाउन ?’

यो काम मुश्किल थियो । तर, सन् २००८ अगस्टमा पनि हाम्रो परिवारले आफ्नो प्रयोगमा आउने प्लाष्टिको सामाग्री ६ सय ३ बाट घटाएर १ सय १६ पु¥याएको थियो । त्यसमा पनि ६३ त मिल्काउने नैपकिन थियो ।

आजे एक दशकपछि हाम्रो घरमा प्लाष्टिकको न्यापकिन प्रयोग भएको छैन । अहिले हाम्रो घरमा दुई बच्चा छ । पक्कैपनि हाम्रो सपिङ लिस्टमा उनीहरुको जरुरी सामान लेखिएको छ, जसमा धेरैजसो सामान प्याकिङ प्लाष्टिकमा छ ।

यसको कारण स्पष्ट छ, प्लाष्टिक हल्का हुन्छ । धेरै समय टिक्छ । यसमा प्याक खाना खाँदा लामो समयसम्म ताजा रहन्छ । यसलाई लाउन, ल्याउन सजिलो हुन्छ ।

अहिले प्लाष्टिकलाई निरुत्साहित गर्ने जुन प्रयास भइरहेका छन्, त्यसबाट म फेरी प्रभावित भएकी छु । र, म विगतमा थालेको अभ्यासलाई दोहो¥याउने सोचें ।

मैलें सोचें कि, एक महिनासम्म यस्ता सामाग्री मात्र प्रयोग गरौं, जसमा प्लाष्टिकको प्रयोग नहोस् ।

पहिलो हप्ता

सबैभन्दा पहिला मैले बिहानको नास्ताको रुटिनबाट प्लाष्टिक हटाउने सोचें । आज हामी जब उठ्छौं, तब घरको ढोकामा दुधको बोत्तल राखिएको हुन्छ । यो काँचले बनेको छ ।

मेरो सानो बच्चालाई यो निकै घतलागेछ । उनले साथीलाई सुनाए, ‘हाम्रो ढोकामा राती आफै दुधको बोत्तल आइपुग्छ ।’

प्लाष्टिकको प्याकेट वा थैलोमा बन्द दुधको ठाउँमा दुधको बोत्तल खरिद गर्नेमा अहिले हामीमात्र छैनौं । बेलायतमा यस्तो दुधको आपूर्ति गर्ने कम्पनी मिल्क एन्ड मोर भन्छ कि, ‘जनवरीदेखि अहिलेसम्म दश हजार बढी अनलाइन ग्राहक बढेका छन्

दुधको प्लाष्टिकवाला बोत्तललाई सबैभन्दा बढी रिसाइकल गरिएको हुन्छ । अहिलेसम्म प्लाष्टिकको थैली, पाउच र डिब्बाको मुख बन्द गर्नका लागि प्रयोग हुने कभर हाम्रो घरमा रहेको कुल प्लाष्टिकमध्ये एक चौथाई हुन्छ ।

नास्तामा हामी अक्सर गोल ब्रेडको प्याकेट प्रयोग गर्छौं, जो प्लाष्टिकमा प्याक भएर आउँछ । साथै हामी जु अन्न प्रयोग गर्छौं, त्यो पनि प्लाष्टिकमा प्याकेजिङ गरिएको हुन्छ ।

प्लाष्टिकको प्रयोग घटाउनका लागि मैलें ब्रेड बाहिरबाट ल्याउनुको बदलामा घरमै बनाउने अभ्यास गरें । काम त त्यती गाह्रो थिएन । हेर्दा चाहि ब्रेड त्यती राम्रो थिएन, जति बजारमा पाइने ब्रेड हुन्थ्यो ।

अब रह्यो कुरा, अन्नको । त्यो प्लाष्टिको प्याकेटमै उपलब्ध हुन्थ्यो । त्यसपछि मैलें त्यस्तो पसलको खोजी गरें, जहाँ प्लाष्टिकको प्याकेटमा प्याक नगरी अन्नहरु बेचिन्थ्यो । त्यहाँ म आफ्नो डिब्बा लिएर पुग्थें, ताकि उक्त सामान भर्न सकियोस् ।

यसरी मैलें बिहानको नास्तामा एउटा बाजी जितें ।

दोस्रो हप्ताः सुपरमार्केट

शंका छैन, अलग–अलग सामान लिनका लागि अलग–अलग पसलमा जादाँ थकान लाग्छ, समय पनि धेरै लाग्छ । यसको बदला एकै पटक सुपरमार्केटमा गएर खरिद गर्नु छरितो उपाय थियो ।

तब, मैले प्लाष्टिकरहित दिनचर्या गुजार्नका लागि सुपरमार्केट जाने योजना बनाएँ । हुन त त्यहाँपनि धेरैजसो सामाग्री प्लाष्टिकै प्याकेजिङ भएर आउँछ । तर, यस्तो सामाग्री पनि खोज्न सकिन्छ, जो प्लाष्टिकमा प्याकेजिङ गरिएको हुँदैन । े

सलाददेखि पास्ता र काँचो सब्जी समेत प्लाष्टिकमा राखिएको हुन्थ्यो । यसको बदला टिनको डिब्बामा राखिएको खानेकुरा गरिद गरें । घरबाट झोला लिएर केही खुद्रा सामान खरिद गरें । बच्चाको लागि जाम खरिद गर्नु चाहि मुश्किल थियो । किनभने जाम प्लाष्टिक, टिन वा काँचको डिब्बामा भएपनि त्यसको ढक्कन प्लाष्टिकको थियो । त्यही कारण मैले बच्चालाई आवश्यक केही सामाग्री खरिद गरिन ।

अब हालत पुरानै अवस्थाको थियो । खाने पिउने सामान प्लाष्टिककै प्याकिङमा आइरहेको थियो । यो मोर्चा एकदम मुश्किल थियो । अहिले धेरै कम्पनीले प्लाष्टिकको प्याकिङ नगरी आफ्नो उत्पादन बजारमा उतारेको छ । तर, त्यसको संख्या एकदम कम छ ।

अब टोमेटो केचप गद्दामा आउन लागेको छ । मासु पनि प्लाष्टिको थैलोमा नभई अर्कै प्याकिङमा आउन थालेको छ । यसैगरी फ्रोजेन फुड पनि प्लाष्टिक होइन, अर्कै प्याकिङमा आउन थालेको छ । आइसल्यान्ड नामको बिट्रिश कम्पनीले २०२३ सम्म आफ्नो प्याकिङमा प्लाष्टिकको प्रयोगलाई पूर्ण रुपमा हटाउने दावी गरिसकेको छ ।

तेस्रो हप्ताः समुन्द्री किनारमा असर

हामी बिदाको दिन बिताउनका लागि लन्डनदेखि कार्नवाल जाँदै थियौं । गाडीमा बोत्तल र कप राख्न भुलेछौं । बाटोमा प्लाष्टिकमै प्याक गरिएको सामान लिन बाध्य भयौं ।

बेलायतमा दैनिक दुई करोड दश लाख पानीको बोत्तल र ६८ लाख कफीको कप एक पटक प्रयोग गरेर मिल्काइन्छ ।

मैले सोशल मिडियाको सहयोग लिएर प्लाष्टिक मुक्त जीवनको अभिनयान सुरु गरे । अहिले धेरैले ह्याशट्यागका साथ प्लाष्टिकमुक्त जीवनको अभियान छेडेका छन् ।

२०१४ मा बेलायतको समुन्द्री रिजार्ट ब्युडमा प्लाष्टिक प्रदूषण मुक्तिका लागि टुमिनेटबिचक्लिन ह्यशट्गाका साथ अभियान चलाइएको छ । यसमा जोडिएका एवरिल सेन्सबरी भन्छिन्, ‘अहिले मानिसहरु एकदमै जागरुक भएका छन् । पहिलो घरमा प्लाष्टिकको सामान भरिएको हुन्थ्यो । अहिले त्यसरी जथाभावी प्लाष्टिक प्रयोग गर्ने र मिल्काउने क्रम कम भएको छ ।’

ब्यूड रिजार्टको एक खुबी छ, यहाँ तपाई कुनैपनि पसलमा पुग्नुभयो भने, तपाईंको पानीको बोत्तल भरिदिन्छ । यसले गर्दा प्लाष्टिकको बोत्तलमा बन्द पानी खरिद गर्ने चलन कम भएको छ । समुन्द्री किनारमा प्लाष्टिकको कचौरा पनि कम हुँदै गएको छ ।

अहिले पुरा बेलायतमा पानी भर्नका लागि यस्ता ७८ हजार सार्वजनिक भारा लगाइएको छ ।

चौथो हप्ताः निर्णयको घडी

अन्तिम हप्ता मैले देखें कि, प्लाष्टिकमा बन्द ट्वाइलेटको सामान अझैपनि हाम्रो घरमा आइरहेको थियो । हुन त मैलें बाँसको ब्रश आवश्यै देखेको छु । तर, त्यसको रेशा प्लाष्टिकको थियो । प्लाष्टिको श्याम्पूको बोत्तलको स्थानमा मैले श्याम्पू बार खरिद गरें ।

महिनाको अन्त्यामा मैले देखें कि, भलै हाम्रो जिन्दगीबाट प्लाष्टिक पूर्ण रुपले हटेको थिएन । तर हामीले यसको प्रयोग धेरै हदसम्म कम गर्न सफल थियौं । यसका लागि समय त धेरै लाग्यो । तर, यो खर्चिलो कुरा थिएन ।

हुन त अहिले पनि हाम्रो घरमा यस्तो सामान आइरहेको छ, जो प्लाष्टिकमा प्याकिङ भएको छ । जो प्लाष्टिकमा प्याक भएको थियो, त्यसमा खाने पिउने सामान बढी थयो ।

आज दश बर्षपछि हामी के निष्कर्षमा पुग्यौं भने, प्लाष्टिकमुक्त जीवन असंभव र अव्यवहारिक छ । यद्यपी परिवर्तन हुने क्रम छ । तमाम कम्पनीले यस्तो प्याकिङ लिएर आइरहेको छ, जो प्लाष्टिकमा बनेको छैन । पसलमा मानिसहरु झोला लिएर जान थालेका छन् । कफी र पानीको लागि यस्तो कप र बोत्तल प्रयोग हुँदैछ, जसलाई दोस्रो पटक प्रयोग गर्न सकिन्छ ।

अहिले यो असंभव नै होला । तर, अबको केही बर्षपछि हामी प्लाष्टिकमुक्त जीवन जिउन सक्नेछौं ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment