+
+

दाँतको काम आँतलाई गराएपछि

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २१ गते १२:४४

हामीलाई अति मामुली लाग्छ, खानपानको कुरा । पोषिलो खानुपर्छ, ताजा खानुपर्छ, जैविक खानुपर्छ भनेर हामीले बुझेका छौं । कस्तो खाने वा के खाने भन्ने कुरामा उति द्विविधा छैन । बजारका प्याकेटबन्द वा प्रशोधित खाना खाइरहँदा पनि हामीलाई हेक्का हुन्छ कि, यस्ता खानेकुरा स्वास्थ्यमैत्री छैन । सकेसम्म जैविक, मौसमी, ताजा र पोषिलो खानेकुरा नै खानुपर्छ भन्ने कुरा हामीलाई थाहा छ । तर, खाने कसरी ?

यस विषयमा भने उति ख्याल राख्दैनौं । पोषिलो वा ताजा खानेकुरा त खानुपर्छ, तर कसरी खाने ?

खानेकुरा खाने सामान्य नियम हो, कुनैपनि खानेकुरा शान्तसाथ, हरेक गाँसमा स्वाद लिएर, बिस्तारै चपाउँदै खानुपर्छ । तर, हामीलाई अहिले हतार छ । खानेकुरा हतारमा खान्छौं । खाना खाइरहँदा हाम्रो दिमाग र मन भने अन्तै हुन्छ । खानामा कतिपनि ध्यान दिइरहेका हुँदैनौं । कस्तो खाना थियो, स्वाद कस्तो थियो भन्ने हेक्का समेत हुँदैन । अझ अहिले फास्टफुडको प्रचलन छ । खानेकुरा झटपट तयार हुन्छ, खाने शैली पनि झटपट नै ।

खानपानको यो सामान्य तरिकालाई बेवास्ता गर्दा के हुन्छ ?

नतिजा, भयानक छ । हामीले जब हतारमा खानेकुरा खान्छौं, त्यसले हाम्रो पचाउने क्षमता कमजोर बनाउँदै लान्छ । जब पाचन क्षमता कमजोर हुन्छ, खानेकुरामा रहेको पोषक तत्व शरीरले राम्ररी लिन सक्दैन । जब पोषक तत्वको कमी हुन्छ, शरीरमा विकार पैदा हुन्छ । जब बिकार पैदा हुन्छ, अनेक रोगले गाँज्न थाल्छ । ग्याष्ट्रिक, अल्सर हुँदै पेट एवं आन्द्राको विभिन्न समस्या सुरु हुन्छ । चिकित्सकहरुका अनुसार मानव शरीरमा ९५ प्रतिशत भन्दा धेरै रोगहरु पोषणयुक्त तत्वको कमी र शारीरिक श्रमको कमीको कारणले लाग्छ ।

कुनैपनि खानेकुरा पचाउने प्रक्रिया हाम्रो मुखबाटै सुरु हुन्छ । जब खानेकुरा खान्छौं, त्यसलाई राम्ररी चपाएर खानुपर्छ । के भनिन्छ भने, ठोस आहारलाई धेरै समय चपाएर मुखमै खेलाउनुपर्छ । र, तरल जस्तै बनाएर खानुपर्छ । यसरी खानेकुरा खाँदा त्यसमा भएको पोषक तत्व शरीरले राम्ररी लिन सक्छ । पाचन प्रक्रियालाई सहज हुन्छ ।

तर, हामी दाँतको काम आँतलाई लगाउँछौं । अर्थात दाँतको काम भनेको ठोस खानेकुरालाई टुक्राएर मसिनो बनाउने हो । त्यसपछि ¥यालले त्यसलाई तरल बनाउँछ । हामी भने खानेकुरा राम्ररी नचपाई निल्छौं । यसरी खानेकुरा खाएपछि दाँतको काम आँतले गर्नुपर्ने हुन्छ । तब, पाचन प्रणाली कमजोर हुन्छ ।

कति पटक खानु राम्रो

सामान्यतया हामी दिनमा तीन पटक खाने गर्छौं, बिहान, दिउसो र बेलुकी । बिहान र बेलुकी खाना खाइन्छ भने दिउँसो खाजा ।

तर डाइटिङको चक्करमा केही व्यक्तिहरु बेलुका खाना खाँदैनन् । यसबाट उनीहरु वजन कम गर्न त सफल हुन्छन्, तर यसले दिर्घकालमा स्वास्थ्यलाई हानी पु¥याउन सक्ने विज्ञहरुको कथन छ । केही विज्ञहरुको मान्यता छ कि दिनमा तीनपटक खाने गर्दा स्वास्थ्य राम्रो रहन्छ । यो भन्दा बढी खाँदा पेटले पचाउन नसक्ने र स्वास्थ्य बिग्रिने गर्छ ।

स्वास्थ्यसम्वन्धी विज्ञहरुका अनुसार दिनभरी थोरै थोरै खानेकुरा खाइरहनु स्वास्थ्यका लागि हितकर हुन्छ । तर, धेरै खायो भने त्यसले फाइदाको साटो हानी गर्छ । पटक–पटक गरेर थोरै–थोरै खानेकुरा खाँदा शरीरमा फ्याट जम्मा हुन पाउँदैन किनकी शरीरको फ्याट बर्न गर्ने क्षमता बढ्छ ।

यसबाट ब्लड सुगरको लेभल पनि नियन्त्रणमा रहन्छ र दिनभर शरीरमा उर्जा प्रवाह हुन्छ । यो पनि ध्यानमा राखनु पर्छ कि खाना बिस्तारै र राम्ररी चपाएर खाँदा सबै पोषक तत्व शरीरले ग्रहण गर्न सक्छ र खाना सजिलै पच्छ पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?