Comments Add Comment

हत्या अभियोगमा २० वर्ष कैद सजाए पाएका फरार प्रतिवादी पक्राउ

प्रतीकात्मक तस्वीर

२१ माघ, जनकपुरधाम । झण्डै १४ वर्षअघि छिमेकी महिलाको हत्या गरेको अभियोगमा अदालतबाट २० वर्ष कैद सजाय सुनाइएपछि फरार भएका व्यक्तिलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको साविक महदैया तपनपुर गाविस-५ घर भई हाल धनुषाको जनकपुरधाम उपमहानरपालिका-२१ बस्ने शंकर साह छन् । साहलाई जिल्ला प्रहरी कार्यालय, महोत्तरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा महोत्तरी तथा धनुषा जिल्लाको सीमा क्षेत्रमा पर्ने सडकबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई महोत्तरी जिल्ला अदालतमा पेस गरिएकोमा कोरोना भाइरस परीक्षण पश्चात पुनः पेस गर्ने गरी अहिले कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

साहसहित साविक महदैया तपनपुर गाविस-५ का राजु सहनीकी पत्नी बिना देवी सहनीलाई घरायसी विवादमा बिष खुवाई घाँटी थिचेर हत्या गरेको अभियोगमा अदालतले कैद र जरिवाना तोकेको थियो ।

२०६४ साल भदौ १३ गते साहसहित बिनाका ससुरा शंकर सहनी, सासु चन्दर देवी, देबर राजकुमार सहनी, छिमेकी बली साह मिलेर हत्या गरेका थिए । यसमध्ये ससुरा शंकर, सासु चन्दर देवीलाई २० वर्ष कैद र देवरलाई १५ वर्ष कैद तथा ३० रुपैयाँ जरिवाना तोकिएको छ । छिमेकी बलीको भने मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

हत्यमा संलग्न छिमेकी साह पक्राउ परेपनि अन्य व्यक्तिहरु फरारै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment