Comments Add Comment

सिटीलाई ३ अंकको अग्रता, लेस्टर तेस्रो स्थानमा उक्लियो

२२ माघ, काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले शीर्ष स्थानमा ३ अंको अग्रता बनाएको छ । सिटीले बर्नलेलाई २-० ले पराजित गरेको हो ।

बर्नलेको मैदानमा भएको खेलमा सिटीका लागि गाब्रीएल जेसले तेस्रो र रहिम स्टर्लिङले ३८औं मिनेटमा गोल गरे ।

जितपछि सिटीले २१ खेलबाट ४७ अंक जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडभन्दा अझै एक खेल कम खेलेको छ । युनाइटेड २२ खेलबाट ४४ अंकसहित दोस्रो स्थानमा छ ।

उता फुलहमलाई २-० ले नै पराजित गर्दै लेस्टर सिटी तेस्रो स्थानमा उक्लेको छ । लेस्टरको जित केलेची इहनाचो र जेम्स जस्टिनले पहिलो हाफमा गोल गरे । जितपछि लेस्टरको २ खेलबाट ४२ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment