Comments Add Comment

‘चाबहिल जान्छु भनेर चढेका यात्रुले ट्याक्सीमा आगो लगाए’

२२ माघ, काठमाडौं । एक दशकदेखि उपत्यकामा ट्याक्सी चलाइरहेका ४१ वर्षीय कुम्भनारायण श्रेष्ठलाई राजनीतिक घटनाक्रमप्रति कुनै चासो थिएन । न उनलाई देश दुनियाँको समाचारमा चासो थियो न त कुन दलले के गरिरहेको छ भन्ने नै थाहा थियो ।

सदाझैँ बिहीबार पनि एकाबिहानै उनी प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी लिएर सडकमा निस्किए । थापाथलीबाट यात्रु बोकेर सोह्रखुट्टे पुगे । त्यहीँबाट सामाखुशी जाने मान्छे भेटे। सामाखुशीबाट फर्किनै लाग्दा एकजना व्यक्तिले चाबहिल जाउँ भने ।

बिहान मजाले उज्यालो पनि नभइसकेको अवस्थामा उनले ती व्यक्तिलाई राम्रोसँग हेर्न पनि पाएका थिएनन् ।

‘मिटरमा जाउ न’ ती व्यक्तिले चाबहिलको कति लिने भनेर सोध्ने वित्तिकै उनले जवाफ फर्काएका थिए । सिटबेल्ट बाँधेर उनी स्टेरिङमा मात्रै के बसेका थिए, नसोचेको दृश्य देख्नु पर्‍यो । पछाडि राखिएको चकटीमा आगो दन्किरहेको थियो । उनलाई के गरौं, कसो गरौं भयो ।

‘आत्तिँदै चकटी फ्याकेँ तर, अघि चाबहिल जान्छु भन्नेसँगै आएका व्यक्तिले पेट्रोल खन्याइसकेका रहेछन्, निभाउन सम्भव भएन’, श्रेष्ठ भन्छन् । उनका अनुसार आफ्नो गरिखाने ट्याक्सीमा आगो बलिरहँदा हेरिरहन शिवाय केही गर्न सकेनन् ।

‘अहिलेसम्म मैले जानेकै यही ट्याक्सी चलाउन हो, यो पनि जलेपछि साहुले के भन्लान्, एक्दमै चिन्तामा छु’, उनले भने । यद्यपि, सम्बन्धित निकायले क्षतिपूर्ति दिन्छ कि भन्ने आश रहेको उनले सुनाए । ‘म तत्कालै ननिस्किएको भए, आफैंलाई पनि समस्या हुने रहेछ । धन्न ज्यानचाहिँ जोगियो’, श्रेष्ठले भनेका छन् ।

यो पनि पढ्नुस् 

प्रचण्ड-माधव समूहको हड्तालमा देशभर के-के भए ?

यस्तो छ उपत्यकामा बन्दको प्रभाव

अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-नेपाल समूहका कार्यकर्ता पक्राउ (फोटो फिचर)

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

सरकारले द्वन्द्व निम्त्याउन खोज्यो : श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment