
कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा रहेक लोक दोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा गायक तथा कलाकार खेम सेञ्चुरी र जुना गुरुङको अभिनय छ ।
डाक्टर शिव सुबेदीको शब्द तथा संगीतमा तयार पारिएको यस गीतको भिडियोका निर्देशक बिनोद भण्डारी हुन् । गीतमा मायालुलाई बाध्यताले छोड्नुपरेको भावलाई समेटिएको छ । एकअर्काबिच माया हुँदाहुँदै पनि बाध्यताले छुट्टिन परेको कथालाई सेञ्चुरी र गुरुङले अभिनय मार्फत उतारेका हुन् ।
यो गीतलाई फिनल्याण्डमा बसिरहेका नबिन रुक्मिणी भट्टराईले प्रस्तुत गरेका छन् । नबिन आफैमा पनि गायक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4