+
+

सप्तरी र सर्लाहीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १०:१४

२३ माघ, जनकपुरधाम । प्रदेश २ को सप्तरी र सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका वडानम्बर ६ कठौनास्थित पूर्वपश्चिम राजमार्गमा कारले दिएको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा२ज ४०४७ नम्बरको कारले स१०प २७३३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते भएका मोटरसाइकल चालक कृष्णसावरन गाउँपालिका १ बस्ने ६५ वर्षीय बहुरी चौधरीलाई उपचारका लागि घोपा क्याम्प धरान लागिएकोमा उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

यस्तै, सर्लाहीको गोडैता नगरपालिका १ बहादुरपुरस्थित नेपाल-भारत सीमा नजिकै ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३०आर ७१५४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३०जीए ०७९६ नम्बरको टयाक्टर एक आपसमा ठोक्किएको हो ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सबार सर्लाहीको बरहथवा नगरपालिका १३ विन्वा टोल बस्ने ४९ वर्षीय इन्द्रासनदेवी यादवको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक एवं मृतकका छोरा २३ वर्षीय रुपेश राय घाइते भएका छन् ।

गम्भीर घाइते भएकी इन्द्रासनदेवीलाई उपचारका लागि जिल्ला अस्पताल मलगंवा लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक दीपक चोरबारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?